छ लाख २५ हजार रुपैयाँसहित १६ जुवाडे समुह पक्राउ

 काठमाडौं । छ लाख २५ हजार रुपैयाँसहित १६ जुवाडे समुह पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका वडा नं.९ शुभकामना चोकमा घर भाडा लिएर बस्ने दिनेश पन्तको कोठामा जुवा खेल्ने १६ जनालाई हिजोराति महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख रञ्जितसिंह राठौर नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा शङ्कर डङ्गोल, मोहन खड्का, देवरत्न श्रेष्ठ, रोशन ठकुरी, रामशरण खत्री, पदम अधिकारी, इन्द्रराज विडारी, दिनेशराज कुँवर, बुद्धीबहादुर गुरुङ, राजु गुरुङ र अनुप गुरुङ छन्। देवेन्द्र केसी, श्यामसुन्दर नगरकोटी, विमल मगर, दिनेश पन्त र शिवजी शिवाकोटीलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले ठूलो रकम कारोवार गर्नेगरी जुवातास खेलेकाले प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। पक्राउ परेकासँग नगद पनि नियन्त्रणमा लिएको छ।                                            रासस

ताजा खबर

लिटिल बुद्धको १४ औं बार्षीकोत्सव सम्पन्न, ७५ हजार अनाथ वालवालिका तथा वृद्ध-वृद्धा सहयोग

महेन्द्रनगर । कञ्चनपुरको शिक्षा क्षेत्रकै अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले १४ औं वार्षीकोत्सव...

वर्तमान दुई तिहाईको सरकार इतिहासकै भ्रष्ट : नेता लेखक

पप्पु गुरुङ्ग, दोधारा । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले बर्तामान दुई...

निकुञ्ज ऐन संशोधन हुने भएपछि माडीका वडाध्यक्षले तोडे अनशन

चितवन । आमरण अनशनमा बसेका वडा अध्यक्षले आज अनशन तोडेका छन् । निकुञ्ज ऐन...

फेवातालमा बेपत्ता भएका रामशरणको शव फेला

पोखरा । पोखराको फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका छन् । बेपत्ता पर्नेमा काठमाडौं...

हुण्डी कारोबारी गर्ने ४ जनाको साथबाट २७ लाखसहित पक्राउ

पर्सा । पर्सामा हुण्डी कारोबारी गर्ने ४ जना पक्राउ परेका छन् । फरक फरक...