सांसद चौधरीसहित ११ जनाको रिहाइको माग गर्दै थरुहटका नेताले आमरण अनसनमा

कैलाली । सांसद रेशम चौधरीसहित ११ जनाको रिहाइको माग गर्दै थरुहटका नेताले आमरण अनसन शुरु गरेका छन् । कैलाली क्षेत्र नम्बर १ बाट निर्वा्चित भएका सांसद चौधरीसहित ११ जनालाई रिहाइ को माग गर्दै कैलालीमा थरुहटका नेताले आमरण अनसन शुरु गरेका हुन् ।

२०७२ सालमा भएको टीकापुर घटनाबारे सत्यतथ्य छानबिनको माग गर्दै हिजोबाट कैलालीको क्याम्पस रोडमा आमरण अनसन बस्दै थरुहट थारुवान मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु र खसान संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष रघुवीर ठगुन्नाले सांसद चौधरी लगाएत ११ जनाको रिहाइ र पूर्वन्यायधिश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृहमन्त्रालयद्वारा अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सार्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक गर्नलगायतका माग समेत राखेका छन ।

उनले आफूहरु समानता र अधिकारका लागि बोल्न नडराउने बताए । थारुले भने, ‘अब हामी लाल सलाम र जय नेपाल भन्दै आफ्नो पहिचान र अस्तित्व बेच्न चाहदैनौँ ।’ ‘रेशम चौधरीलाई चुनाव लड्न दिने तर चुनाव जितिसकेपछि जेलमा हाल्ने ?,’ मोर्चाका संयोजक थारुले भने, ‘किन हामीमाथि झुठा मुद्दा लगाइन्छ ? यहि हो नेपालको संविधान ?’

त्यसै गरी खसान संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष रघुवीर ठगुन्नाले मोर्चाले थालेको आन्दोलनप्रति एक्येबद्धता जनाए । मोर्चाको आन्दोलन तथा अनसनलाई आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन् ।

ताजा खबर

सुरक्षित नभएको भन्दै माहाकाली नगरपालिकाका कर्मचारीको ‘पेन डाउन’

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाका कर्मचारीहरु आज देखी अनिश्चित्कालिनका लागी ‘पेन डाउन’ सुरु...

आफनै छोराले किन गरे बाबुको हत्या ?

रौतहट । रौटहतमा एक युवकले आफनै बाबुको हत्या गरेको छ । बुुहारीसँग अनैतिक सम्बन्ध...

छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

डडेल्धुरा । डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई आज जेल चलान गरेको छ । छोरीलाई...

अख्तियारमा प्रधानमन्त्री ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन उजुरी

काठमाडौं । आज प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्वा चलाउन उजुरी परेको छ ।...

डडेल्धुरामा हिउँदे झरीले गर्दा ६० प्रतिशतले घट्यो मह उत्पादन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशतले मह उत्पादन घटे्को छ । मह काड्ने समयमा...