चीनबाट ल्याएका नेपालीलाई खरिपाटीमा राख्ने तयारी पुरा हुदैँ

भक्तपुर । चीनमा ल्याएका नेपालीलाई खरिपाटीमा राख्ने तयारी पुरा भइरहेको छ । कोरोनाभाइरसबाट प्रभावित क्षेत्र ऊहानबाट ल्याइने नेपालीहरुलाई त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म कसरी पुर्‍याउने भनेर अभ्यास गरिएको हो ।

चीनबाट ल्याउने नेपाली विद्यार्थीहरुलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको कार्यलयमा राख्ने निश्चित भएपछि आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भक्तपुरको खरिपाटीसम्म लैजाने ‘रिहर्सल’ गरिएको हो । अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नाराणप्रसाद विडारी लगायतको टोली सहभागी रहेको थियो ।

उनीहरुलाई शुक्रबार राख्ने स्थानको शुक्रबार बेलुकासम्म तयार पार्ने गरी काम भइरहेको छ । उक्त स्थानमा सञ्चारमाध्यमलाई प्रवेश दिइएको छैन । शनिबार दिउँसो ३ बजे नेपाल एयरलाइन्सको बाइडबडी जहाज चीनतर्फ जादैछ । उक्त जहाज आइतबार नेपाल आइपुग्ने छ । खरिपाटीमा १८५ विद्याथीलाई राखिने छ । जसमा ४४ महिला छन् ।

उनीहरुलाई छुट्छुट्टै राख्ने व्यवस्था मिलाइएको छ । चीन गएर आउने पाइलट लगायत चालक दलका सदस्यहरुलाई भने भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ मा रहेको खानेपानी तालिम केन्द्रको भवनमा राख्ने तयारी भएको छ । उनीहरुलाई त्यहाँ राख्ने भएपछि स्थानीयले विरोध गरेका छन् ।

ताजा खबर

सुरक्षित नभएको भन्दै माहाकाली नगरपालिकाका कर्मचारीको ‘पेन डाउन’

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाका कर्मचारीहरु आज देखी अनिश्चित्कालिनका लागी ‘पेन डाउन’ सुरु...

आफनै छोराले किन गरे बाबुको हत्या ?

रौतहट । रौटहतमा एक युवकले आफनै बाबुको हत्या गरेको छ । बुुहारीसँग अनैतिक सम्बन्ध...

छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

डडेल्धुरा । डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई आज जेल चलान गरेको छ । छोरीलाई...

अख्तियारमा प्रधानमन्त्री ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन उजुरी

काठमाडौं । आज प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्वा चलाउन उजुरी परेको छ ।...

डडेल्धुरामा हिउँदे झरीले गर्दा ६० प्रतिशतले घट्यो मह उत्पादन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशतले मह उत्पादन घटे्को छ । मह काड्ने समयमा...