प्रणय दिवसको अवसरमा कैदीबन्दीलाई गुलाफ र चकलेट उपहार

कञ्चनपुर । सक्रिय युवाहरुको संस्था ‘हेल्फ फर ह्याप्पिनेस’ सुदूरपश्चिमले कैलाली कारागारका कैदीबन्दीहरूसँग प्रणय दिवस मनाएको छ। ४७८ कैदीबन्दीहरुलाई गुलाफको फूल र चकलेट उपहार दिँदै दिवस मनाएको हो।

आज कारागारमा कार्यक्रम आयोजना गरी उक्तसंस्थाले विभिन्न ब्लकमा रहेका कैदीबन्दीलाई गुलाफ र चकलेट उपहार दिएको छ। प्रेम रुपलाई होइन मानवतालाई गर्नुपर्छ भन्ने हेल्फ फर ह्याप्पिनेसको उद्देश्यअनुसार कैदीबन्दीसँग भ्यालेन्टाइन डे मनाइएको संस्थाका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीले बताए।

कारागारमा आश्रित सबैलाई एक्लो छु भन्ने महसुस हुन नदिन प्रेम स्वरुप रातो गुलाब उपहार दिएको संयोजक भण्डारीले बताए। प्रेम प्रेमी र प्रेमिकाबीचमा मात्र सीमित नहुने सन्देश दिन पनि आफूहरुको उद्देश्य भएको उनको भनाइ छ। कानुनभन्दा माथि कोही नहुने भएकाले जान-अन्जानमा भएका गल्तीको सजायको भागेदार भएको भन्दैमा कैदीबन्दीलाई बिचल्लित नहुन भण्डारीले आग्रह गरे।

कैदीबन्दीको पीडा बुझेर प्रेम दिवसमा उनीहरुलाई केही क्षणका लागि सामीप्यता दिएकोमा हेल्फ फर ह्याप्पिनेस सुदूरपश्चिमलाई कैलाली कारागारका जेलर वीरेन्द्रबहादुर बोहराले धन्यवाद दिए। कारागारका सुरक्षा प्रमुख प्रहरी नायब निरीक्षक रामचन्द्र पन्तले प्रेम सबैलाई आवश्यक पर्ने बताए। उनले प्रेमीप्रेमिका बीच मात्र नभएर प्रेमले परिवार, समाज र राष्ट्रलाई एकढिक्का बनाएको बताए।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...