कोरोना भाइरसका कारणले मृत्यु हुनेको संख्या १ हजार ४ सय ८६ पुग्यो

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८६ पुगेको छ । चीनमा मात्र कोरोनाको संक्रमणबाट ६५ हजार १ सय ९१ जना संक्रमित भएका छन् । हिजो हुबेई प्रान्तमा थप १ सय १० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८६ पुगेको सीएनएनले जनाएको हो ।

कोरोनाको संक्रमणका कारण चीनबाहेक हङकङ, फिलिपिन्स र जापानमा एक–एक जनाको मृत्यु भएको छ । हुवेइमा मात्र कोरोना संक्रमित ३६ हजार ७ सय १९ जना अस्पताल भर्ना भएका छन् । जसमध्य १ हजार ६ सय ८५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरसबारे अनुसन्धानमा जुटेका वैज्ञानिकहरुका अनुसार यस भाइरसले २.२ जना व्यक्तिलाई संक्रमति गराइरहेको छ । अन्य भाइरसको अनुपात भने १.३ रहेको उनीहरुले बताएका छन् । हालसम्म यस भाइरस नियन्त्रण गर्ने भ्याक्सिन पत्ता लागेको छैन । यो भाइरस ३० वटा भन्दा बढी देशमा फैलिइरहेको छ ।

कोरोनाको भाइरसको उद्गम मानिएको चीनको वुहान क्षेत्र सवैभन्दा बढी प्रभावित बनेको छ । कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोली चीनमा संक्रमणको उपचार तथा रोकथाममा जुटिरहेको छ ।

धेरै प्रयत्नकाबीच महामारी नियन्त्रणमा आउन नसकेपछि कोरोनाको अन्त्य कहिले होला भन्ने अनुमान गर्न जटिलता थपिएको विश्वस्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससका अनुसार प्रकोप फैलने दर कम भए पनि मृत्यु हुनेको संख्या नघटेकाले तत्कालै नियन्त्रणमा आउला भने पूर्वानुमान गर्न नसकिने जनाएका छन् ।

कोरोना संक्रमण सर्ने जोखिम २० प्रतिशतले घटेको दाबी गर्दै चीनले चाँडै भाइरसको संक्रमण नियन्त्रणमा लिने आश्वासन दिदै आइरहेको छ ।

ताजा खबर

सुरक्षित नभएको भन्दै माहाकाली नगरपालिकाका कर्मचारीको ‘पेन डाउन’

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाका कर्मचारीहरु आज देखी अनिश्चित्कालिनका लागी ‘पेन डाउन’ सुरु...

आफनै छोराले किन गरे बाबुको हत्या ?

रौतहट । रौटहतमा एक युवकले आफनै बाबुको हत्या गरेको छ । बुुहारीसँग अनैतिक सम्बन्ध...

छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

डडेल्धुरा । डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई आज जेल चलान गरेको छ । छोरीलाई...

अख्तियारमा प्रधानमन्त्री ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन उजुरी

काठमाडौं । आज प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्वा चलाउन उजुरी परेको छ ।...

डडेल्धुरामा हिउँदे झरीले गर्दा ६० प्रतिशतले घट्यो मह उत्पादन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशतले मह उत्पादन घटे्को छ । मह काड्ने समयमा...