टिपरको ठक्करबाट एक जनाको मृत्यु

कैलाली । टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नं.६ बनभेडास्थित पूर्वपश्चिम राजमार्गमा टिपरले ठक्कर दिँदा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका वडा नं.४ रामशिखरझालाका २८ वर्षीय भुवन चन्द रहेको प्रहरीले जनाएको हो ।

ना१क ८८०३ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको से७प ३९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डीएसपी० दक्ष बस्नेतले जानकारी दिए ।

गम्भीर घाइते चन्दलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी बस्नेतले बताए । ठक्कर दिने चालकलाई टिपरसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...