बझाङमा बढ्दो बालविवाह, एकै वडामा १६ बालजोडी रहेको दाबी

बझाङ । सुदुरपश्चिम प्रदेश नं. ७ बझाङमा बालविवाहले भयानक रूप लिन थालेको छ । यस आर्थिक वर्षको माघसम्म आइपुग्दा सबैभन्दा बढी थलारा गाउँपालिकामा बालविवाह भएको पाइएको हो । बझाङको थलारा गाउँपालिका वडा नं.२ का १६ जोडीले बालविवाह गरेको वडाअध्यक्ष हेम खड्काले बताए ।

सानै उमेरमा बढ्दो aमोबाइल फोनको प्रयोग, सामाजिक सञ्जाल र देखासिकीमा लागेर बालविवाह हुने गरेको शिक्षक नारायण खड्काले बताए । उनले बालविवाह हुँदा पनि अभिभावकले सम्झाउनुको सट्टा उल्टै मागी विवाहमा परिणत गरिदिने गरेको गुनासोसमेत पोखे ।

थलारा–२ मा रहेका शारदा माध्यमिक विद्यालय र खापरदेव आधारभूत विद्यालयका ९ र १० कक्षामा अध्ययन गरिरहेका विद्यार्थीहरूले बढीजसो बालविवाह गरिरहेको वडा कार्यालयले जनाएको छ । बालविवाह गर्नेहरूमा बगडा, काँडा, दंगार्जी, कापडा, काफलकाँडा, डोरगाउँ, टोटवाडाका बालबालिका रहेका छन् ।

घरमा आमा अशिक्षित आमाबुबा भएकाले मोबाइल फोन किनिदिने र पछि गएर मोबाइलको दुरुपयोग गर्दै बालविवाह हुने गरेको युवा समाजसेवी नरबहादुर खड्काले बताए । उनले भने, ‘हातहातमा मोबाइल फोन दिन थालियो । नेपाल टेलिकमको विभिन्न भ्वाइस कल सेवा लिँदै फोनको दुरुपयोग भयो । आमाबुबा पनि हप्काउँदैनन् । कतिपय बालबालिका विवाहको नाममा भारत जान थाले ।’

बालविवाह न्यूनीकरणका लागि पहल थाल्न भन्दै शिक्षक, अभिभावकसहितको एक टोलीले केही दिनअगाडि वडा अध्यक्ष हेम खड्कालाई ध्यानाकर्षण पत्र बुझाएको थियो । ध्यानाकर्षणपत्र बुझ्दै वडाध्यक्ष खड्काले आफूले सक्दो पहल गर्ने बताए । उनले अब जनचेतना जगाउने कार्यक्रम वडाभर सञ्चालन गरिने विश्वास दिलाए ।

शारदा माध्यमिक विद्यालय दंगार्जीका प्रधानाध्यापक सुरेश भण्डारीले भने, ‘हामीले कक्षामा पढाउँदा पनि बालविवाहसम्बन्धी धेरै पढायौँ तर विद्यार्थीहरूले विवाह गर्ने क्रम घटेन । मोबाइल फोन बन्देज र्गयौँ, यसो गर्दा पनि भएन । अब त अति भो । विवाह गरेर गएपछि विद्यालय फर्किंदैनन् ।’

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...