कार जत्रो आकारको कछुवाको प्राचीन अवशेषहरु फेला

एजेन्सी । दक्षिण अमेरिकाको उत्तरी क्षेत्रमा फेला पारिएका विशाल अवशेष आजभन्दा १ करोड ३० लाख देखि ७० लाख वर्षअघिसम्म सो क्षेत्रमा पाइने स्टुपेण्डेमिस जियोग्राफिकस नामक कछुवाको रहेको वैज्ञानिकहरुको भनाइ छ । कार जत्रो आकारको कछुवाको प्राचीन अवशेषहरु फेला परेको हो ।

ती अवशेष भेनेजुएलाको उरुमाको क्षेत्र र कोलम्बियाको टाटाकोआ मरुभूमीय क्षेत्रमा फेला परेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस ४ मिटर लामो कछुवाको अवशेष सर्वप्रथम सन् १९७० को दशकमा फेला परेपनि यसबारे धेरै रहस्य लुकेका थिए । तर, हालै पत्ता लागेको अवशेषबाट भने यस्ता रहस्य सुल्झने वैज्ञानिकहरुको विश्वास छ ।

सिमसार क्षेत्रमा बस्ने यस्ता कछुवाले साना जनावर, वनस्पती र फलफूल खाने गरेको पाइएको छ । कारजत्रो आकार र वजनका कारण अरु हिंसक जनावरको शिकार हुनबाट यो कछुवा जोगिँदै आएको हुनसक्ने जनाइएको छ ।

ताजा खबर

सुरक्षित नभएको भन्दै माहाकाली नगरपालिकाका कर्मचारीको ‘पेन डाउन’

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाका कर्मचारीहरु आज देखी अनिश्चित्कालिनका लागी ‘पेन डाउन’ सुरु...

आफनै छोराले किन गरे बाबुको हत्या ?

रौतहट । रौटहतमा एक युवकले आफनै बाबुको हत्या गरेको छ । बुुहारीसँग अनैतिक सम्बन्ध...

छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

डडेल्धुरा । डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई आज जेल चलान गरेको छ । छोरीलाई...

अख्तियारमा प्रधानमन्त्री ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन उजुरी

काठमाडौं । आज प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्वा चलाउन उजुरी परेको छ ।...

डडेल्धुरामा हिउँदे झरीले गर्दा ६० प्रतिशतले घट्यो मह उत्पादन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशतले मह उत्पादन घटे्को छ । मह काड्ने समयमा...