बम विष्फोटका योजनाकारसहित ७ जना पक्राउ

सप्तरी । प्रहरी निरीक्षकसहित ३ जनाको ज्यान जाने गरि भएको बम विष्फोटका योजनाकार पक्राउ परेका छन् । महेन्द्रनगरमा भएको एक प्रहरी निरिक्षकसहित ३ जनाको ज्यान जाने गरि भएको घटनाको नेत्रबिक्रम चन्द(विप्लव ) समुहका प्रदेश २ ब्युरो सदस्य इन्दल प्रसाद साह पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले सप्तरीको सुरुङ्गा नगरपालिका ६ श्रीपुरमा एक व्यक्तिको घरमा चन्दा माग्दै गरेको अवस्थामा साहलाई पक्राउ गरेको हो । धनुषाको धनुषाधाम नगरपालिका–६ सरस्वतीपुर निवासी ३४ वर्षीय साह केही महिनाअघि प्रहरी निरीक्षक अमिर दाहालसहित ३ जनाको मृत्यु हुनेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटका योजनाकार समेत रहेको प्रहरीको आरोप छ ।

साहबिरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बिष्फोटक पदार्थ तथा संगठित अपराध मुद्दा दर्ता भएकोले उनलाई कार्वाहीका लागि धनुषा पठाइएको प्रहरी निरीक्षक केसीले बताए । बम विष्फोटको घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले अहिलेसम्म आदम राईसहित ७ जनालाई पक्राउ गरिसकेको छ ।

ताजा खबर

सुरक्षित नभएको भन्दै माहाकाली नगरपालिकाका कर्मचारीको ‘पेन डाउन’

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाका कर्मचारीहरु आज देखी अनिश्चित्कालिनका लागी ‘पेन डाउन’ सुरु...

आफनै छोराले किन गरे बाबुको हत्या ?

रौतहट । रौटहतमा एक युवकले आफनै बाबुको हत्या गरेको छ । बुुहारीसँग अनैतिक सम्बन्ध...

छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

डडेल्धुरा । डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई आज जेल चलान गरेको छ । छोरीलाई...

अख्तियारमा प्रधानमन्त्री ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन उजुरी

काठमाडौं । आज प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्वा चलाउन उजुरी परेको छ ।...

डडेल्धुरामा हिउँदे झरीले गर्दा ६० प्रतिशतले घट्यो मह उत्पादन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशतले मह उत्पादन घटे्को छ । मह काड्ने समयमा...