जलविद्युत परियोजनाको लागि १ करोड भन्दा बढि खर्च, तर बिजुली आएन

जुम्ला । जुम्लामा जलविद्युत परियोजनाको लागि १ करोड भन्दा बढि खर्च भएको छ । हिमा लघु जलविद्युत आयोजनामा एक करोड ३५ लाख रुपैयाँभन्दा बढी रकम खर्च भएपनि भौतिक प्रगति निकै कमजोर देखिएको हो । लाखौं रुपैयाँ खर्चिएपनि अहिलेसम्म आयोजनाको १० प्रतिशत काममात्र सकिएको छ।

२०७१ सालदेखि नै ३५ किलोवाट क्षमताको यो आयोजना निर्माण थालिएपनि अहिलेसम्म स्थानीयले बत्ती बाल्न पाएका छैनन् कामको गति हेर्दा बर्षौंसम्म पनि आयोजना निर्माण पूरा नहुने देखिन्छ। जुम्लामा रहेको क्याप्टा नामक संस्थाले २०७१ सालदेखि कनका सुन्दरी गाँउपालिका वडा नम्बर ५ लौडीसिमा यो आयोजना निर्माण थालेको थियो।

सो संस्थाले साविकको बिराट गाविसको लुड्कु,लार्ज र गोचौरमा पर्ने वडा नम्बर ४, ५ र ७ मा रहेका ५०० बन्दा बढी घर परिवारलाई विद्युत सुविधा दिने भन्दै प्रत्येक घरधुरीबाट २ हजार रुपैयाँका दरले तीन लाख १५ हजार नौ सय रुपैयाँ समेत संकलन गरेको थियो।

यतिमात्रै होइन, एक एनजीओले लघुजलविद्युत निर्माण गर्ने भन्दै रकम मागेपछि साविकको विराट गाविसबाट २० लाख, सोही गाविसको ५ र ६ वडा बाट १८ लाख, संसद कोषबाट १७ लाख रुपैयाँ समेत उपलब्ध गराइएको थियो। कनका सुन्दरी गाउँपालिकाले आर्थिक बर्ष २०७५र०७६ मा यही आयोजनाका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको थियो। कामै नभएपनि यो आयोजनाले अहिलेसम्म १ करोड ३५ लाख रुपैयाँभन्दा बढी रकम खर्चेको हिसाब देखाएको छ।

आयोजना बनाउन भन्दै क्याप्टाले काठमाडौंस्थित एजी पावर कम्पनीलाई आवश्यक सामग्रीका लागि भुक्तानी भन्दै ४३ लाख रुपैयाँ रकम समेत दिएको थियो। तर अहिलेसम्म खर्च भएको भनिएको १ करोड ३५ लाख रुपैयाँबाट नहर (कुलो) बनाउने, केही मेशिन औजार उपकरण खरिद गर्ने, बस्तीमा तार र पोलको लाइन तान्ने काममात्र भएको छ।

 ढिलाइबारे सोध्दा उक्त आयोजनामा पटक(पटक कोषाध्यक्ष बनेका जगबहादुर शाहीले कुनै प्रतिक्रिया दिनै मान्दैनन् । स्थानीय सरकार र जनप्रतिनिधिहरुको गैरजिम्मवारी र लापरवाहीका कारण आयोजना बनाउने बजेट नै स्वाहा भएपछि स्थानीय दुस्खी छन् ।

तर स्थानीय सरकारका प्रतिनिधिहरुले भने आफ्नो पालामा आयोजनाको काम निकै अघि बढेको दाबी गर्छन्। आयोजना निर्माणमा भएको प्रगति प्रतिवेदन बिनै गाउँपालिका अध्यक्ष नरबिर रावतले ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिदिएका छन् र भुक्तानी समेत गरिसकेका छन्।

आयोजना कुरेर बसेका स्थानीयले जनप्रतिनिधिहरुको लापरवाही र कमजोरीकै कारण आयोजना नै नबन्ने जोखिम बढेको बताउन थालेका छन्। आयोजनना निर्माण गर्ने भन्दै ६ वर्ष अघि ल्याइएको सामान अहिले पनि खुला आकाशमुनि राखिएको छ।

पावरहाउसमै प्रयोग गर्नुपर्ने सामानहरु खुला ठाउँमा राख्दा जेनेटर, तार, बोल्ट र अन्य सामानहरु खिइँदै गएका छन्। कतिपय उपकरण त खिया लागेर प्रयोगमै ल्याउन नमिल्ने अवस्थामा पुगेका छन्। आयोजना नबन्ने, तर आयोजनाकै लागि भएको बजेट सिध्याउने र नयाँ बजेट खर्चने प्रवृत्ति दोहोरिएकाले यो लघुजलविद्युत आयोजनामा व्यापक भ्रष्टाचार भएको स्थानीयवासीले आरोप लगाएका छन् ।

ताजा खबर

सुरक्षित नभएको भन्दै माहाकाली नगरपालिकाका कर्मचारीको ‘पेन डाउन’

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाका कर्मचारीहरु आज देखी अनिश्चित्कालिनका लागी ‘पेन डाउन’ सुरु...

आफनै छोराले किन गरे बाबुको हत्या ?

रौतहट । रौटहतमा एक युवकले आफनै बाबुको हत्या गरेको छ । बुुहारीसँग अनैतिक सम्बन्ध...

छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

डडेल्धुरा । डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई आज जेल चलान गरेको छ । छोरीलाई...

अख्तियारमा प्रधानमन्त्री ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन उजुरी

काठमाडौं । आज प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्वा चलाउन उजुरी परेको छ ।...

डडेल्धुरामा हिउँदे झरीले गर्दा ६० प्रतिशतले घट्यो मह उत्पादन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशतले मह उत्पादन घटे्को छ । मह काड्ने समयमा...