उत्तर प्रदेशको राजधानीमा बम विस्फोट

लखनउ । भारतीय राज्य उत्तर प्रदेशको राजधानीमा बम विष्फोट भएको छ । उत्तर प्रदेशको राजधानी लखनउमा रहेको उच्च अदालत नजिकै विष्फोट भएको हो । लखनउको हजरतगञ्ज क्षेत्रमा भएको विष्फोटमा १ जना कानून व्यवसायी (वकिल) गम्भीर घाइते भएका छन् भने दुई वकिललाई सामान्य चोटपटक लागेको छ ।

विष्फोट भएको स्थान उत्तर प्रदेश विधानसभाबाट केबल १ किलोमिटरको दुरीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वकिलहरुको दुई समूहबीचको विवादका क्रममा बम विष्फोट भएको हुनसक्ने स्थानीयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लखनउ बार एशोसिएसनका सहसचिव सञ्जिव लोधीले आफूले केही वकिलबारे उजुरी गरेको बदलामा आफूलाई निशाना बनाएर विष्फोट गराइएको दाबी गरेका छन् ।

करिब १० जनाको सङ्ख्यामा आएका मानिसहरुले आफ्नो चेम्बरमा बम फ्याँकेर भागेको उनको भनाइ छ । उनीहरुले फ्याँकेकामध्ये एउटा बम विष्फोट भएको र बाँकी दुई बम भने विष्फोट नभएको लोधीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले समाचार लेखेका छन् ।

विष्फोटमा लोधीसहित अरु दुई वकिल घाइते भएका छन् । विष्फोटलगत्तै वकिलहरुले अदालतमा बबाल गरेका थिए । अघिल्लो महिनामात्र वकिलहरुले राज्यमा आफूहरुविरुद्ध आक्रमण भइरहेको भन्दै काम ठप्प पारेका थिए ।
प्रहरीले आक्रमणमा जीतु यादव नाम गरेका व्यक्तिको सहभागिता रहेको जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ ।

ताजा खबर

सुरक्षित नभएको भन्दै माहाकाली नगरपालिकाका कर्मचारीको ‘पेन डाउन’

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाका कर्मचारीहरु आज देखी अनिश्चित्कालिनका लागी ‘पेन डाउन’ सुरु...

आफनै छोराले किन गरे बाबुको हत्या ?

रौतहट । रौटहतमा एक युवकले आफनै बाबुको हत्या गरेको छ । बुुहारीसँग अनैतिक सम्बन्ध...

छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

डडेल्धुरा । डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई आज जेल चलान गरेको छ । छोरीलाई...

अख्तियारमा प्रधानमन्त्री ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन उजुरी

काठमाडौं । आज प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्वा चलाउन उजुरी परेको छ ।...

डडेल्धुरामा हिउँदे झरीले गर्दा ६० प्रतिशतले घट्यो मह उत्पादन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशतले मह उत्पादन घटे्को छ । मह काड्ने समयमा...