सत्तारुढ दलका सांसदहरूले जनयुद्ध दिवस मनाउनुपर्ने बताएपछि संसद स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेशको प्रदेशसभाको आजको लागि बोलाइएको बैठक सत्तारुढ दलका सांसदहरूले जनयुद्ध दिवस मनाउनुपर्ने बताएपछि स्थगित भएको संसद सचिवालयले जनाएको छ । प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । सभामुख अर्जुनबहादुर थापाले सांसदहरुको उपस्थिति कम हुने भएकाले स्थगित गरिएको बताए ।

‘सत्तारुढ दलका सांसदहरूले जनयुद्धमा सहिद दिवस मनाउने कार्यक्रम छ । हामी उपस्थित हुन सक्दैनौं होला भन्नु भयो । उहाँहरू उपस्थित हुन नसक्ने अवस्थामा बैठक सञ्चालन हुन सक्ने अवस्था न्यून हुन्छ त्यसैले स्थगित गरिएको हो’ उनले भने । प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका सांसद भरत खड्काले पूर्व्निर्धा्रित संसद बैठक रोकिनु उपयुक्त नभएको प्रतिक्रिया दिए ।

‘हिजो सदन सकिएको ३० मिनेटमै सदन स्थगित भएको सूचना आएको थियो’ उनले भने, ‘सामान्य विषयमा सदन स्थगित गर्नु ठीक होइन ।’ बिहीबारको प्रदेश सभा बैठकमा अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले प्रस्तुत गरेको निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको थियो ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...