भाइरसको संक्रमण कम गर्ने काम नभएको भन्दै पार्टी प्रमुख बर्खास्त

एजेन्सी । कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित हुबेई प्रान्त र प्रान्तीय राजधानी वुहानमा भएका छन् ।उक्त भाइरसको संक्रमण कम गर्ने काम नभएको भन्दै चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले पार्टी प्रमुखलाई बर्खास्त गरेको हो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले प्रकाशित गरेको समाचारमा कम्युनिस्ट पार्टीको हुबेई प्रान्तका प्रमुख जियाङ चाओलियाङ र वुहान महानगरका पार्टी प्रमुख मा गुओचियाङलाई बर्खास्त गरिएको जनाइएको छ । कोरोना भाइरस महामारीविरुद्ध ठोस कदम चाल्न नसकेका कारण उनीहरुलाई बर्खास्त गरिएको हुनसक्ने आशंका गरिएपनि समाचारमा उनीहरुलाई बर्खास्त गरिनुको कारणबारे केही खुलाइएको छैन ।

कम्युनिस्ट पार्टीले साङ्घाई शहरका मेयर यिङ योङलाई कम्युनिस्ट पार्टीअन्तर्गत हुबेई प्रान्तको प्रान्तीय समितिको नयाँ सचिव नियुक्त गरिएको छ । यिङ राष्ट्रपति सी चिनफिङ निकट मानिन्छन् । वुहान महानगरका पार्टी प्रमुख माको स्थानमा भने पूर्वी शाङडोङ प्रान्तको राजधानी जिनिनका पार्टी प्रमुख वाङ झोङलिनलाई नियुक्त गरिएको छ ।

यसअघि गत मंगलबार चीनले हुबेई प्रान्तका दुई प्रमुख स्वास्थ्य पदाधिकारीलाई बर्खास्त गरेको थियो । त्यसबाहेक प्रधानमन्त्री ली केचियाङको नेतृत्वमा कम्युनिस्ट पार्टीले विशेष कार्यदल समेत गठन गरिसकेको छ ।

६ करोड जनसङ्ख्या रहेको हुबेई प्रान्तमा जारी महामारी नियन्त्रण तथा रोकथामका लागि पर्याप्त प्रयास नगरेको भन्दै पार्टीका पदाधिकारीहरुको चर्को आलोचना भइरहेका बेला उनीहरुलाई बर्खास्त गरिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ताजा खबर

सुरक्षित नभएको भन्दै माहाकाली नगरपालिकाका कर्मचारीको ‘पेन डाउन’

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाका कर्मचारीहरु आज देखी अनिश्चित्कालिनका लागी ‘पेन डाउन’ सुरु...

आफनै छोराले किन गरे बाबुको हत्या ?

रौतहट । रौटहतमा एक युवकले आफनै बाबुको हत्या गरेको छ । बुुहारीसँग अनैतिक सम्बन्ध...

छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

डडेल्धुरा । डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई आज जेल चलान गरेको छ । छोरीलाई...

अख्तियारमा प्रधानमन्त्री ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन उजुरी

काठमाडौं । आज प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्वा चलाउन उजुरी परेको छ ।...

डडेल्धुरामा हिउँदे झरीले गर्दा ६० प्रतिशतले घट्यो मह उत्पादन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशतले मह उत्पादन घटे्को छ । मह काड्ने समयमा...