दुर्घटनामा परि नायिकासहित २ को मृत्यु

धादिङ । दुर्घटनामा परि नायिकासहित २ को मृत्यु भएको छ । स्कुटर दुर्र्घटनामा नायिका महिमा सिलवालसहित दुई जनाको मृत्यु भएको हो । हिजो काठमाडौंबाट चितवन जाँदै गर्दा महिमाले चलाएको बा ९८ प ७०५८ नम्बरको स्कुटर र भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस गजुरीको चाम्बासमा आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए ।

दुर्घटनामा चितवन भरतपुर महानगरपालिका स्थायी घर भएकी २० वर्षीया महिमा र उनकी दिदी २२ वर्षीया शर्मिला सिलवाल गम्भीर घाइते भएका थिए। महिमाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र शर्मिलाको काठमाडौंको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बस चालक पाल्पा पिपलडाँडा गाउँपालिका ६ का ४४ वर्षीय रणवीर गौतमलाई इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ। महिमाले एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी छिन्। उनले ‘कारबाही’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी थिइन्। ‘सकस’, ‘सुब्बा साब’, ‘अप्रिल फुल’, ‘नो स्मोकिङ’, ‘दानव’, ‘एक से एक’ लगायत चलचित्रमा अभिनय गरेकी थिइन्।

पछिल्लो समय भने उनी मोडलिङमा पनि सक्रिय थिइन्। पछिल्लो दुई तीन वर्षयता भने उनको कुनै पनि चलचित्र आएको थिएन। संख्यात्मक रुपमा धेरै नै भए पनि महिमाका प्रायः फिल्म भने असफल भएका थिए।

ताजा खबर

सुरक्षित नभएको भन्दै माहाकाली नगरपालिकाका कर्मचारीको ‘पेन डाउन’

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाका कर्मचारीहरु आज देखी अनिश्चित्कालिनका लागी ‘पेन डाउन’ सुरु...

आफनै छोराले किन गरे बाबुको हत्या ?

रौतहट । रौटहतमा एक युवकले आफनै बाबुको हत्या गरेको छ । बुुहारीसँग अनैतिक सम्बन्ध...

छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

डडेल्धुरा । डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई आज जेल चलान गरेको छ । छोरीलाई...

अख्तियारमा प्रधानमन्त्री ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन उजुरी

काठमाडौं । आज प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्वा चलाउन उजुरी परेको छ ।...

डडेल्धुरामा हिउँदे झरीले गर्दा ६० प्रतिशतले घट्यो मह उत्पादन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशतले मह उत्पादन घटे्को छ । मह काड्ने समयमा...