कञ्चनपुर विद्युत कार्यालयको चरम लापरबाही

महेन्द्रनगर । कञ्चनपुरमा विद्युत कार्यालयको लावरबाहीका कारण सर्वसाधारणको ज्यान जान सक्ने देखिएको छ । विद्युत कार्यालयको चरम लापरबाहीको कारण जनता त्रसित हुन बाध्य भएका छन । भीमदत्तनगरपालिका वडा नं. १४ बनकट्टी स्थित वडा कार्यालयकै लगभग २५ मिटर पुर्व सडक छेउमा रहेको ट्रान्सर्फमर अव्यवस्थित रुपमा खुल्ला करेन्ट लाग्न सक्नेगरि राखिएको देखिन्छ ।

वडा कार्यालयले बारम्बार विद्युत कार्यालयलाई पहल गर्दा समेत विद्युत कार्यालयले चासो नदेखाएको गुनासो गर्नु हुन्छ, वडा कार्यालय प्रमुख तथा वडा अध्यक्ष उत्तम बहादुर बिष्ट र यस्तै बिषयमा भीमदत्तनगरपालिका नं.१४ कार्यपालिका सदस्य बसन्ती रानाको भनाइ अनुसार ट्रान्सर्फमर सुरक्षित नभएको भनी विद्युत कार्यालयको टिमलाई यतै बोलाएर र विद्युत कार्यालयमा पुगेर समेत खबर गर्दा विद्युत कार्यालयले अहिले सम्म चासो नदेखाएको भनी गुनासो गर्नु भएको छ।

विद्युत प्राधिकरणको यस्तो गैर जिम्मेवारी तरिकाको कार्यले बिना सित्तै बिना कारण विद्युतिय करेन्टबाट चोट पटक तथा ज्यानै गुमाउन सक्ने सम्भावनालाई न्युनिकरण गर्न विद्युत कार्यालय अगाडि नै सजक हुनुपर्नेमा उल्टै वडा कार्यालय लगायतले पटक पटक खबर गर्दा समेत लगभग ३ महिना बित्न लाग्दा पनि विद्युतको लापरबाहीको कारण भोलि हुनसक्ने सम्भावित दुर्घटनाको जिम्मेवारी कसले लिने र घटना हुनुपुर्वनै किन समाधानका उपाय सम्बन्धित कार्यालयले नगर्ने भनेर हामीले विद्युत कार्यालय महेन्द्रनगर कन्चनपुरका प्रमुख जङ्ग बहादुर चन्दसंग बुझ्दा उहाँको भनाइमा विद्युत कार्यालयमा त्यता तर्फको गुनासो हामीकहाँ आएको छैन र हामीलाई आज थाहा भयो र भोलि नै त्यस तर्फ काम शुरु हुन्छ्, भनी समेत जानकारी गराउनु भयो।

स्थानिय बिष्णु दत्त जोशीका अनुसार हामीले वडा कार्यालयमा गएर वडा अध्यक्ष ज्युलाई पटक–पटक खबर गर्दा समेत हामी विद्युतलाई खबर गरिरहेकै छौ भन्नू बाहेक कुनै पनि जवाफ नआउने र काम भने यतिको समय बित्दा समेत त्यस्तै छ र भोलि यसबाट कुनै ज्यु–ज्यानको खतरा भए हामी चुप लागेर नबस्ने भनी बताउनु हुन्छ।

ताजा खबर

सुरक्षित नभएको भन्दै माहाकाली नगरपालिकाका कर्मचारीको ‘पेन डाउन’

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाका कर्मचारीहरु आज देखी अनिश्चित्कालिनका लागी ‘पेन डाउन’ सुरु...

आफनै छोराले किन गरे बाबुको हत्या ?

रौतहट । रौटहतमा एक युवकले आफनै बाबुको हत्या गरेको छ । बुुहारीसँग अनैतिक सम्बन्ध...

छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

डडेल्धुरा । डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई आज जेल चलान गरेको छ । छोरीलाई...

अख्तियारमा प्रधानमन्त्री ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन उजुरी

काठमाडौं । आज प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्वा चलाउन उजुरी परेको छ ।...

डडेल्धुरामा हिउँदे झरीले गर्दा ६० प्रतिशतले घट्यो मह उत्पादन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशतले मह उत्पादन घटे्को छ । मह काड्ने समयमा...