तराईमा पनि सुन्तला फल्न सक्ने सक्भावना

बारा । तराईमा पनि सुन्तला फल्न सक्ने सम्भावना रहेको एक व्यवसायीद्वारा खुलासा भएको छ । बारामा एक व्यवसायीले सुन्तला फलाएका छन् । बाराका कलैया वडा नं.१ राजदेवी चोकका ५२ वर्षीय व्यवसायी प्रदीप साहले फलाएका हुन् ।

एक महिनाअघि देखि मानिसहरु उनको घरमा आउतजाउत गरिरहे र गर्नेमा सांसद, प्रशासक, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, स्थानीय नेता, कृषि प्राविधिक लगायत व्यक्तिहरु थिए ।  उनको घरको छतमा प्लास्टिकको ड्रममा लटरम्म सुन्तला फलेको थियो । दुई वर्षअघि छतमा लगाएको ‘ओहतापंकन’ जापानी जातको सुन्तलाको बोटमा यसपाली फल लागेको हो ।

लटरम्म सुन्तला फलेको हेर्न मन पराउने प्रदीपले दुई वर्षअघि कम्पोष्ट मल, जंगल र बगैचाको माटोमा बालुवा समेत मिसाएर उनले गमला तयार पारेर सुन्तला रोपेका थिए । पातमा किरा लाग्दा सामान्य खाले विषादी बाहेक सुन्तला हुर्काउन रासायनिक मल समेत नहालेको उनी बताउँछन् ।

तैपनि १० फिट लामो बोटमा ४ सय ग्राम भन्दा माथिका ३७ वटा सुन्तला फलेको उनको भनाइ छ । पहाडी क्षेत्रमा सुन्तला फल्नुलाई स्वाभाविक मानिन्छ । सुन्तला समशितोष्ण हावापानी भएको तातो हावा नचल्ने मध्य पहाडी क्षेत्र सुन्तला फुल्न, फल्न र स्वादिलो फल उत्पादन गर्न उपयुक्त मानिन्छ ।

१००० हजारदेखि १२०० मीटरसम्मको उचाईमा फल्ने सुन्तला समुद्री सतहदेखि १ सय ५२ देखि ९ सय १५ मिटरको उचाई भएको कलैयामा फलेको थियो । जबकी कलैया गर्मी अत्याधिक हुने ठाउँमै पर्छ । मध्य गर्मीमा तातो हावा चल्छ ।
प्रदीपका अनुसार कलेज पढ्दै गर्दा गोर्खाको मनकामना पुगेका थिए । लटरम्म सुन्तला फलेको देखेर दंग परे । टिपेर खाउँ खाउँ लागेपनि अरुले लगाएको सुन्तला टिप्न मिलेन । मन खिन्न पारेर फर्किए । मनमनै कलैयामा पनि यसैगरी सुन्तला फलाउन पाए हुने भनेर सोचेँ । तर हावापानी नमिल्ने ।

त्यो मनोकांक्षा अहिले आएर मात्रै पुरा भयो । कलैया कै प्रकाश अधिकारीले बगैंचामा सुन्तला लगाएका रहेछन् । उनकोमा राम्रो नफलेपनि आफ्नो सौख पुरा गर्न प्रदीपले बोट मागेर ल्याएका थिए । ‘गुलियो सुन्तला खाउँला भन्ने त थिएन, रुखमा लटरम्म सुन्तला देखियोस् भन्ने थियो ।

यसपाली दुवै भयो, बोट पनि छिट्टै हुर्कियो,’ उनले भने, ‘सुन्तलाको अर्को एउटा विरुवा हुर्काउँदैछु । अरु पनि थप्ने सोचमा छु ।’ सुन्तला बाहेक घरको छतमै अन्य फलफुल समेत हुर्काउने तयारी उनले गरिरहेका छन् । भारतको हरियाणाका किसानले उत्पादन गरेको ‘हरिमन ९९’ जातको स्याउको बोट र ‘स्वीट माल्टा’ मौसम उनले मगाइसकेका छन् ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...