जडिबुटी उद्योग सञ्चालनले सुदुर पश्चिमको समृद्धिको ढोका खुल्नेः मन्त्री भट्ट

महेन्द्रनगर । सुदुरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले सुदुरपश्चिममा दुर्लब जडिबुटि रहेको बताउदै असंख्य रुपमा रहेका जडिबुटी खेर गैरहेकाले प्रदेश पछाडी परेको बताएका छन् ।

मन्त्री भट्टले सुदुर पश्चिमको आर्थिक समृद्धीको ढोका खोल्न जडिबुटी उद्योग संचालनमा ल्याउन लागेको समेत बताए ।वन क्षेत्र आर्थिक विकासको महत्वपुर्ण माध्यम बन्न सक्छ, बनमा रहेका बिभिन्न जडिबुटी लाई प्रशोधन गर्न सके आय आर्जन संगै हजारैको संख्यामा रोजगारी सिर्जना हुन् सक्ने उल्लेख गरे ।

श्री वसन्त सामुदायिक वनको माघ २८ गते सम्पन्न भएको १४ औ वार्षिक साधारण सभाको उद्धघाटन गर्दै मन्त्री माया भट्टले उक्त क’रा बताउनु भएको हो । उहाँले भारतीय उत्पादनमा भर नपरी नेपालमै उत्पादन मैत्री वातावरण सिर्जनामा जोड दिदै वन जंगल संगै खालि जमिनमा समेत जडिबुटी खेति गर्नु पर्ने जानकारी गराए ।

सामुदायिक वनको स्रोत साधन व्यवस्थापन गर्ने जिम्मा उपभोक्ताको हो,उपभोक्ताले सहकार्य साथ अगाडी बढ्न सके वनबाटै समृद्धी कायम हुने बताउदै प्रदेश सरकारले वन ऐनको मस्यौदा तयार गरिरहेको हुँदा उपभोक्ता मैत्री कानुन निर्माणमा प्रदेश सरकार सचेत रहेको मन्त्री भट्टले बताउनु भयो ।

साधारण सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य लाल बहादुर खड्काले सुदुर पश्चिम प्रदेश प्राकृतिक स्रोत साधनको धनी रहेको स्मरण गराउदैँ एक तिहाई पानी र एक तिहाई वन जंगली अमल्य जडिबुटी संगै रमणीय पर्यटकीय क्षेत्रको विकास मात्रै गर्न सके प्रदेश समृद्ध बन्न सक्ने सांसद खड्काले बताए ।

सामुदायिक वन उपभोक्ता समुह महासंघका केन्द्रिय सदस्य धर्म सिंह कुँवरले सामुदायिक वन एक स्वायत्त सस्था हो, वर्तमान समयमा सरकारले नै उपभोक्ताको अधिकार कुण्ठित हुने गरि कानुन निर्माण गरिरहेको आरोप लगाए । कुँवरले सरकारले उपभोक्ता ऐन निर्माण गर्दा उपभोक्ताका हक अधिकार लाई सुनिश्चित हुने गरि कानुन निर्माण गरिदिन हुन् समेत आग्रह गरेका छन् ।

उपभोकताले नै संरक्षण गरेको वनलाई वैज्ञानिक वनमा रुपान्त्रण गरि वन बिनासको सृजना गरिरहेकाले सरकारको नीतिको बिरोधमा महासंघ आवाज उठाई रहेको केन्द्रिय सदस्य कुँवरले बताउनु भया । बसन्त सामुदायिक वनका अध्यक्ष रन सिंह सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन करन कार्कीले गरेका थिए भने सामुदायिक वन संरक्षण र सम्बर्धनमा महत्वपुर्ण योगदान पुर्याउने व्यक्तित्वहरु लाई सम्मान समेत गरिएको सामुदायिक वनका अध्यक्ष रन सिंह सुनारले बताए ।

ताजा खबर

सुरक्षित नभएको भन्दै माहाकाली नगरपालिकाका कर्मचारीको ‘पेन डाउन’

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाका कर्मचारीहरु आज देखी अनिश्चित्कालिनका लागी ‘पेन डाउन’ सुरु...

आफनै छोराले किन गरे बाबुको हत्या ?

रौतहट । रौटहतमा एक युवकले आफनै बाबुको हत्या गरेको छ । बुुहारीसँग अनैतिक सम्बन्ध...

छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

डडेल्धुरा । डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई आज जेल चलान गरेको छ । छोरीलाई...

अख्तियारमा प्रधानमन्त्री ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन उजुरी

काठमाडौं । आज प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्वा चलाउन उजुरी परेको छ ।...

डडेल्धुरामा हिउँदे झरीले गर्दा ६० प्रतिशतले घट्यो मह उत्पादन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशतले मह उत्पादन घटे्को छ । मह काड्ने समयमा...