भोजपुरमा सुन्तला खेतीबाट वर्षमा ३० करोड आम्दानी

भोजपुर । भोजपुरमा यस वर्ष मात्र सुन्तला बिक्रीबाट ३० करोड बढी रकम भित्रिएको छ । भोजपुर ज्ञान केन्द्रका अनुसार सुन्तला चार हजार ७ सय ६ मेट्रिक टन उत्पादन भएको जनाएको हो ।

गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको जनाएको छ । जिल्लामा उत्पादन भएको सुन्तला धनकुटा, सुनसरी, झापा, मोरङ, धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका शहरमा जाने गरेको छ ।
करीव दुई करोड मूल्य बराबर आन्तरिकरुपमा खपत हुने र बाँकी अन्य जिल्लामा जाने गरेको केन्दका निमित्त कार्यालय प्रमुख योगन्द्रप्रसाद यादवले जानकारी दिए ।

कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष २८ करोड २९ लाख ४४ हजार बराबरको सुन्तला बिक्री भएको थियो ।
जिल्लामा ७ सय ८८ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादनका लागि योग्य जमिन भए पनि हाल ५ सय ८७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ ।

जिल्लाभर २८७ ठूला बगैँचा तथा सामान्यरुपमा पनि सो खेती हुने गरेको केन्द्रले जनाएको छ । अन्य बालीको तुलनामा सुन्तला खेतीबाट बढी आम्दानी र किन्नका लागि ठेकेदार बगैँचामै आउने भएका कारण कृषक सुन्तला खेतीमा आकर्षित हुने बताइएको छ ।

टेम्केमैयुङ गाउँपालिका–२ छिनामुखुका सुन्तला कृषक सुमन प्रधानले भने, ‘पहिला धरान, इटहरी ढाकार डोकोमा बोकेर सुन्तला बेच्नुपर्ने अवस्था थियो, अहिले बगानमै ठेकेदारको लर्को लाग्छ, थोरै मेहनतमा आम्दानी पनि राम्रो छ ।’

जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्ण, छिनामखु, खावा, कोट, गोगने, तिम्मा, भोजपुर नगरपालिकाको देउराली, हेलौछा, आम्तेक, बोखिम, पालुवा, दावा, हतुवागढी गाउँपालिकाको रानीवास, अरुण गाउँपालिकाको साङपाङ, प्याउली षडानन्द नगरपालिकाको मुलपानीलगायत ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ ।

सुन्तला उत्पादन हुने क्षत्रमा प्रदेश तथा केन्द्र सरकारले सुन्तलाको पकेट तथा ब्लग स्थापना गरी कृषकलाई अनुदानको व्यवस्था गरेसँगै यसतर्फ झनै कृषक आकर्षित भएका हुन् ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...