एक फ्रान्सेली नागरिकले खोले सुदुरपश्चिमको बैतडीमा आइसियु सहितको सुबिधा सम्पन्न अस्पताल

बैतडी । फ्रान्सेली नागरिक डा. बर्नाड जेफले व्यक्तिगत लगानीमा सुदुरपश्चिमको बैतडीमा पहिलो पटक सघन उपचार कक्ष (आइसियु) सहितको सुविधा भएको अस्पताल सञ्चालनमा ल्याएका छन् । दशरथचन्द नगरपालिका वडा नं.४ स्थित शाहीलेक बजारमा सोमबार देखि ‘निको शक्ति अस्पताल’ सञ्चालनमा आएको हो ।

निजी लगानीमा स्थापना भएको उक्त अस्पतालमा आईसियु सहित वरिष्ठ सर्जन र स्त्रीरोग विशेषज्ञले सेवा दिने जनाईएको छ । जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट र दशरथ चन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापाले संयुक्त रुपमा अस्पताल उद्घाटन गरेका छन् । बैतडीको शाहीलेकमा सञ्चालनमा आएको अस्पतालमा न्यूतम शुल्कमा गुणस्तरीय सेवा दिने प्रतिबद्धता समेत जनाइएको छ ।

आइसीयू सहित २५ शैय्या सञ्चालन अनुमति पाएको अस्पतालले तत्काल १५ शैय्याबाट सेवा सुरू गरेको अस्पताल व्यवस्थापन समितिका सदस्य राजेन्द्र खत्रीले जानकारी दिए । अस्पतालले जनरल सेवाका साथै सर्जरी लगायतका सेवा पनि प्रदान गर्ने जनाएको छ । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने हिसाबले अस्पताल सञ्चालनमा ल्याइएको हो ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...