पूर्व सचिव अर्जुन कार्कीकी श्रीमतीे घाइते अवस्थामा फेला, कामदार मृत फेला

काठमाडौँ । पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती सानेपास्थित निवासमा घाइते अवस्थामा फेला परेकी छन्। भने कामदार पनि सानेपास्थित निवासमा मृत फेला परेका छन् ।

कार्की कि श्रीमती मुना कार्की अचेत अवस्थामा घरको भान्सा कोठामा रगतले लतपतिएको अवस्थामा फेला परेकी हुन् । घटना करिब १०–११ बजे घटेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

उनको टाउको कुर्सीले प्रहार गरेको र घाँटीमा चोट लागेको देखिएको प्रहरीले जनाएको छ । शुरुमा छिमेकीले कार्कीको हत्या भएको जानकारी दिए पनि घटनाको करिब एक घण्टापछि प्रहरीले परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाउँदा कार्कीको शरीर तातै रहेको फेला परेपछि उनलाई तत्कालै अस्पताल पठाएको थियो ।

कार्कीलाई यतिबेला स्टार अस्पताल लगिएको छ । साथै, घरमा कामदार रहेका दाङ घर भएका विजय चौधरीको शव पनि फेला परेको छ । उनले भने आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

उनको शवमा कुनै चोटपटक छैन भने उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको पाइएको छकार्कीले बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएर फर्किँदा दुवैलाई फेला परेको बताएका छन् ।

कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् । घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन् ।

पूर्व सचिव कार्की यसअघि भूकम्पपीडितका लागि खरिद गरिएको भनिएको त्रिपाल र जस्तापाता काण्डमा भ्रष्टाचार गरेको आरोपमा छानबिनमा परेका थिए ।

उनीमाथि २०७३ सालमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले भौतिक कारवाही समेत गरेको थियो । सानेपामा नै उनीमाथि विप्लवका कार्यकर्ताले आक्रमण गर्दा उनलाई सामान्य चोट लागेको थियो भने उनी सवार गाडीमा क्षति पुगेको थियो ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...