नेपालद्वारा ओमानलाई २५० रनको लक्ष्य प्रस्तुत

काठमाडौं । नेपालद्वारा ओमानलाई २५० रनको लक्ष्य दिएको छ ।  आईसीसी वर्ल्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजमा नेपालले ओमानसँगको खेलमा २५० रनको लक्ष्य दिएको हो । आमोनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मदतमा निर्धा्रित ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनायो । नेपालको सुरुवात राम्रै रहृयो । कप्तान मल्लले पहिलो विकेटका लागि सुवास खकुरेलसँग ४८ रनको साझेदारी गरे ।

खकुरेल २२ रनमा आउट भए । त्यसपछि आएका पूर्वकप्तान पारस खड्काले मल्ललाई साथ दिएका थिए । मल्ल र खड्काले ५९ रनको साझेदारी गरे । तर खड्का ३८ रनमा आउट भए । उपकप्तान दीपेन्द्र सिंह ऐरीले खाता नै खोल्न सकेनन् । अर्को विकेटका रुपमा कप्तान मल्ल ५६ रनमा आउट भए, जतिबेला नेपालको स्कोर १२८ रन थियो ।

त्यसपछि आरिफ शेख र कुशल मल्लले २९ रनको साझेदारी गरे । मल्लले २८ रन बनाए ।सातौं नम्बरमा आएका विनोद भण्डारीले आरिफ शेखसँग मिलेर पारी सम्हालेका थिए । शेख २८ रनमा आउट भए । करण केसीले १० रन बनाए ।

ताजा खबर

सुरक्षित नभएको भन्दै माहाकाली नगरपालिकाका कर्मचारीको ‘पेन डाउन’

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाका कर्मचारीहरु आज देखी अनिश्चित्कालिनका लागी ‘पेन डाउन’ सुरु...

आफनै छोराले किन गरे बाबुको हत्या ?

रौतहट । रौटहतमा एक युवकले आफनै बाबुको हत्या गरेको छ । बुुहारीसँग अनैतिक सम्बन्ध...

छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

डडेल्धुरा । डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई आज जेल चलान गरेको छ । छोरीलाई...

अख्तियारमा प्रधानमन्त्री ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन उजुरी

काठमाडौं । आज प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्वा चलाउन उजुरी परेको छ ।...

डडेल्धुरामा हिउँदे झरीले गर्दा ६० प्रतिशतले घट्यो मह उत्पादन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशतले मह उत्पादन घटे्को छ । मह काड्ने समयमा...