बैतडीबाट नेपाल–भारतका हिमश्रृङ्खला हेर्ने स्थल ओझेलमा

बैतडी । बैतडीको घनघस्याको उकालो र नेपाल–भारतका हिमशृङ्खला एकैपटक हेर्न सकिने बैतडीको गणेशधुराले चर्चा नपाउँदा ओझेलमा परेको छ । गणेशधुराबाट बझाङको जेठी बहुरानी हिमाल, दार्चुलाको अपि नाम्पा र भारतको उत्तराखण्ड राज्यको पञ्चचुली हिमाल गणेशधुराबाट एकैपटक नियाल्न सकिन्छ ।

बैतडीको पाटन नगरपालिका १, डैसीली गाउँमाथि रहेको गणेशधुरा समुद्री सतहबाट २९ सय मिटर उचाइमा रहेको छ । यो धुराबाट डडेल्धुरा सदरमुकाम पनि सजिलै हेर्न सकिन्छ ।

दशरथचन्द मार्गको अनार खोलीबाट १३ किलोमिटर सडक यात्रा पार गरेर पाटन नगरपालिका १ डैसीली गाउँ पुगिन्छ । डैसीलीबाट गणेशधुरा जान ढुङ्गाका पुराना सिँढी रहेका छन् । करिब दुई किलोमिटरसम्म रहेको ढुङ्गाका सिँढी संरक्षण नहुँदा भत्केका छन् ।

साउने सङ्क्रान्तिमा यहाँ पूजा लाग्ने गरेको स्थानीय दलसिंह ठगुन्नाले बताउनुभयो । ऐतिहासिक धार्मिक स्थलका रूपमा गणेशधुराको पूजा गर्ने चलन रहे पनि यसको संरक्षण र प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको स्थानीय युवा तर्क्सिंह ठगुन्ना बताउनुहुन्छ ।

पाटन नगरपालिका १ डैसीलीका स्थानीयले गणेशधुराबारे अहिलेसम्म कसैले पनि सोधखोज नगरेको बताएका छन् । पाटन नगरपालिका १ का वडा सदस्य शेरसिंह बोहराले भ्रमण वर्ष २०२० मा बैतडीका अधिकांश पर्यटकीय क्षेत्रबारे प्रचारप्रसार र समाचार आए पनि गणेशधुराबारे कसैले पनि ध्यान नपुर्‍याएको बताउनुभयो ।

भ्रमण वर्ष २०२० मा बैतडी जिल्लामा रहेको पर्यटकीय स्थलको संरक्षण र प्रचारप्रसारका लागि पाटन नगरपालिकाले पात्ताल भूमेश्वर गुफा र गणेशधुराको सिँढी निर्माण गर्न बजेट छुट्याएको भए पनि आर्थिक वर्षको सात महिना बितिसक्दा पनि बजेट कार्यान्वयन गर्न नगरपालिकाले कुनै पहल नचालेको स्थानीयले बताएका छन् ।

ताजा खबर

सुरक्षित नभएको भन्दै माहाकाली नगरपालिकाका कर्मचारीको ‘पेन डाउन’

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाका कर्मचारीहरु आज देखी अनिश्चित्कालिनका लागी ‘पेन डाउन’ सुरु...

आफनै छोराले किन गरे बाबुको हत्या ?

रौतहट । रौटहतमा एक युवकले आफनै बाबुको हत्या गरेको छ । बुुहारीसँग अनैतिक सम्बन्ध...

छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

डडेल्धुरा । डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई आज जेल चलान गरेको छ । छोरीलाई...

अख्तियारमा प्रधानमन्त्री ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन उजुरी

काठमाडौं । आज प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्वा चलाउन उजुरी परेको छ ।...

डडेल्धुरामा हिउँदे झरीले गर्दा ६० प्रतिशतले घट्यो मह उत्पादन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशतले मह उत्पादन घटे्को छ । मह काड्ने समयमा...