नेपाललाई सातौँ सफलता, ७५ रन बनाएका हल्याण्ड आउट

काठमाडौं । नेपालमा सञ्चालन भएको आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य दिएको छ । नेपालले दिएको १ सय९१ रनको लक्ष्य पछ्याएको रहेको अमेरिकामाथि नेपाली बलर हावी भएसँगै पाहुना टोली दबाबमा देखिएको हो ।

किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा ४१ औं ओभरमा अमेरिकाले ९ विकेट गुमाएर १ सय४४ रन बनाएको छ । ४१ औं ओभरको तेस्रो बलमा नेपालका करण केसीले नेपालका लागि नवौं विकेट लिएका हुन् । करणले इआन हल्यान्डलाई ७५ रनमा विनोद भण्डारीमार्फत क्याच आउट गराए ।

योसँगै करणले व्यक्तिगत ३ विकेट लिएका छन् । शृङ्खलामा उनको विकेट संख्या ७ पुगेको छ । यसअघि नेपालका लागि सुशन भारीले ३ सन्दीप लामिछानेले २ तथा कुशल मल्लले १ विकेट लिएका थिए । अमेरिकाविरुद्ध नेपालले ४९।२ ओभर खेल्दै सबै विकेट गुमाएर १सय९० रन बनाएको थियो ।

ताजा खबर

सुरक्षित नभएको भन्दै माहाकाली नगरपालिकाका कर्मचारीको ‘पेन डाउन’

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाका कर्मचारीहरु आज देखी अनिश्चित्कालिनका लागी ‘पेन डाउन’ सुरु...

आफनै छोराले किन गरे बाबुको हत्या ?

रौतहट । रौटहतमा एक युवकले आफनै बाबुको हत्या गरेको छ । बुुहारीसँग अनैतिक सम्बन्ध...

छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

डडेल्धुरा । डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई आज जेल चलान गरेको छ । छोरीलाई...

अख्तियारमा प्रधानमन्त्री ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन उजुरी

काठमाडौं । आज प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्वा चलाउन उजुरी परेको छ ।...

डडेल्धुरामा हिउँदे झरीले गर्दा ६० प्रतिशतले घट्यो मह उत्पादन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशतले मह उत्पादन घटे्को छ । मह काड्ने समयमा...