मझगाँउ विमानस्थल चाँडै सञ्चालनमा आउनेः पर्यटनमन्त्री भट्टराई

महेन्द्रनगर । कञ्चनपुरमा रहेको मझगाँउ विमानस्थल चाँडै सञ्चालनमा आउने भएको छ । लामो सयमदेखि बन्द रहेको  भीमदत्त नगरपालिका वडा नं.१६ स्थित बन्द विमानस्थलको अनुगमनपछि आयोजित कार्यक्रममा बोल्दैँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यस्तो बताएका हुन् ।

विमानस्थल सञ्चालनका लागि तीन तहको सक्रिता बढेको बताउँदै आगामी आर्थिक वर्षबाट विमानस्थल धावन मार्ग निर्माण गरि सञ्चालन कार्य अगाडी बढाईने बताए ।‘विगतमा सञ्चालन भई हाल बन्द रहेको विमानस्थल सञ्चालन गर्ने सरकारको योजना छ ।’

पर्यटनमन्त्री भट्टाराईले भने हाम्रो मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले बन्द विमान पुनः निर्माण गरि सञ्चालन गर्ने साझा नीति बनाएको छ, त्यसैले पनि यो स्थलन सञ्चालन हुन्छ ।’ विमानस्थलको प्राविधिक तहबाट अध्ययन भईसकेकाले अब भौतीक र आन्तरिक तयारीमा जोड दिईने उनको बताए ।

२०३० सालदेशि सञ्चालनमा आएको मझगाँउ विमानस्थल २०५१ सालदेखि बन्द अवस्थामा छ । उनले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सरकारी र निजि क्षेत्रको सहयोग भुमीकाको अपेक्षा गदैँ पर्यटन मन्त्री भट्टराईले पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिन विभिन्न स्थानमा डिजिटल सुचना बोर्ड र पर्यटक सुचना केन्द्र स्थापना गर्न स्थानीय तहलाई निर्देशन समेत दिए ।

ताजा खबर

सुरक्षित नभएको भन्दै माहाकाली नगरपालिकाका कर्मचारीको ‘पेन डाउन’

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाका कर्मचारीहरु आज देखी अनिश्चित्कालिनका लागी ‘पेन डाउन’ सुरु...

आफनै छोराले किन गरे बाबुको हत्या ?

रौतहट । रौटहतमा एक युवकले आफनै बाबुको हत्या गरेको छ । बुुहारीसँग अनैतिक सम्बन्ध...

छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

डडेल्धुरा । डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई आज जेल चलान गरेको छ । छोरीलाई...

अख्तियारमा प्रधानमन्त्री ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन उजुरी

काठमाडौं । आज प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्वा चलाउन उजुरी परेको छ ।...

डडेल्धुरामा हिउँदे झरीले गर्दा ६० प्रतिशतले घट्यो मह उत्पादन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशतले मह उत्पादन घटे्को छ । मह काड्ने समयमा...