अख्तियार अगाडि जुलुस निकाल्ने साझाका कार्यकर्ता पक्राउ

काठमाडौँ । अख्तियार अगाडि सिठी जुलुस निकाल्ने साझा पार्टीका एक दर्जन बढी कार्यकर्ता पक्राउ परेका छन् ।अख्तियार दुरूपयोग अनुसन्धान आयोग अगाडि  जुलुस निकाल्ने साझा पार्टीका केन्द्रीय नेतासहित एक दर्जन बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा केन्द्रीय सदस्य समिक्षा बाँस्कोटा,प्रकाशचन्द्र परियार, नारायण कोइराला लगायत छन्। बालुवाटार जग्गा प्रकरणमा राजनीतिक प्रभावको आधारमा शक्तिशाली व्यक्तिलाई उन्मुति दिएको भन्दै साझा पार्टीले अख्तियार अगाडि सिठी जुलुस निकालेको थियो।

‘अख्तियारले १ सय ७५ विरूद्ध चलाएको मुद्दाको हामी स्वागत गर्छौं त्यसका लागि अख्तियार प्रमुखलाई गुलाफको फूल उपहार दिन खोजेका थियौं तर उहाँहरूले भित्र जान दिनु भएन’, साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भने,‘तर राजनीतिक शक्तिका आडमा केहीलाई उन्मुक्ति दिइएकोमा हामीले जुलुस निकालेका हौं।’

नारा र सिठी फुक्दै अख्तियारको निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त कमलपोखरीले जनाएको छ। पक्राउ गरी उनीहरूलाई अहिले वृत्तमा राखिएको छ।

ताजा खबर

सुरक्षित नभएको भन्दै माहाकाली नगरपालिकाका कर्मचारीको ‘पेन डाउन’

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाका कर्मचारीहरु आज देखी अनिश्चित्कालिनका लागी ‘पेन डाउन’ सुरु...

आफनै छोराले किन गरे बाबुको हत्या ?

रौतहट । रौटहतमा एक युवकले आफनै बाबुको हत्या गरेको छ । बुुहारीसँग अनैतिक सम्बन्ध...

छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

डडेल्धुरा । डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई आज जेल चलान गरेको छ । छोरीलाई...

अख्तियारमा प्रधानमन्त्री ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन उजुरी

काठमाडौं । आज प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्वा चलाउन उजुरी परेको छ ।...

डडेल्धुरामा हिउँदे झरीले गर्दा ६० प्रतिशतले घट्यो मह उत्पादन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशतले मह उत्पादन घटे्को छ । मह काड्ने समयमा...