सुप विश्वविद्यालय प्राध्यापक संघः एक वर्ष बित्यो, हात लाग्यो शून्य

मनोज भट्ट
मनोज भट्ट
भट्ट आभाषकुञ्ज दैनिक र निगरानी खबरका प्रकाशक तथा सम्पादक हुन् ।

महेन्द्रनगर । सुदूरपश्चिमको धरोहरका रुपमा रहेको सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा स्थापना भएको प्राध्यापक संघले आज प्रथम बार्षिकोत्सव मनाउदै छ । गत बर्ष विवादै विवादका बिच स्थापना भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघले एक वर्ष पुरा गरेको छ ।

एक वर्षको मूल्यवान घडीमा उक्त प्राध्यापक संघले कुनै नयाँ र पहल कदमीको कार्य गर्न सकेन । नेपाल प्राध्यापक संघद्वारा मान्यता प्राप्त संठगन भन्दै घर्की लगाउने सुप विश्वविद्यालयको उत्तम बहादुर थापा नेतृत्वको प्राध्यापक संघ र विरबहादुर सिंह ठकुरी नेतृत्वको प्राध्यापक संघमा एक आपसमै द्वन्द रहेको पाइन्छ ।

प्राध्यापकहरुका पिर/मर्का, विद्यार्थी र विश्वविद्यालयका असहजताका शिराहरुलाई उपचार गर्न गठन गरिएको उक्त प्राध्यापक संघ आफैमा दुषित र दुर्गन्धित बनेको स्पष्ट छ । स्थापनाको एक वर्ष गुजारेको प्राध्यापक संघले प्रााध्यापक, विद्यार्थी र विश्वविद्यालयको हितमा कुनै शुभ र सम्मानयोग्य कार्य गर्न सकेको छैन् ।

एक–आपसमा सृजित जुंघाको लडाइले विश्वविद्यालयलाई उन्नती तर्फ नभएर अवन्नती तर्फ धकेली रहेको पाइन्छ । सुप विश्वविद्यालय भित्र रहेको केहि बिचौलिया र दलालहरुको समुहले विश्वविद्यालयलाई धरासायी बनाउदै गएका छन् । विश्वविद्यालयको केहि प्रगती र उन्नतीको सुईले गती लिने समयमा बिचौलिया (दलाल) को समुहले व्यक्तिगत लाभकालागि अगाडी बढ्न नदिने गरेका प्रसस्त तथ्यहरु छन् ।

गत बर्षको चैत्रमा लागेको तालाबन्दी झण्डै दश महिनामा खुलेको छ । उक्त तालाबन्दी खोल्न विद्यार्थी र प्राध्यापकहरुको हक हितका लागि भनिएको प्राध्यापक संघले कुनै पहल कदमी चाल्न सकेको थिएन् । दश महिना सम्मको तालाबन्दी विश्वविद्यालयको पठनपाठन लगायत थुप्रै प्रशासनिक कार्यमा बाधा पुगेको थियो ।

नामको मात्रै प्राध्यापक संघ भएर अगाडी बढ्दा उक्त संघ संगठनले फाइदा र ती व्यक्तिहरुले व्यक्तिगत लाभ आर्जन गर्लान, तर समग्रमा विश्वविद्यालयले आर्जन गर्ने लाभ के हो ? विद्यार्थीहरुले आर्जन गर्ने लाभ के हो ? यी र यस्तै हजारौं प्रश्नका बिच सुदूरपश्चिमाञ्चल विश्वविद्यालय भौतारिएको पाइन्छ ।

पुर्व उपकुलपति डा. भूषण श्रेष्ठ र रजिस्टार द्विजराज भट्टलाई विश्वविद्यालयको काम कारबाहीको जिम्मेवारीबाट छुटकरा दिइएपछि उक्त विश्वविद्यालयमा बिचौलिया प्राध्यापकहरुले झनै खेल्ने मौका पाएको देखिन्छ ।

विश्वविद्यालयमा पूर्ण अधिकार सहितका उपकुलपति र रजिस्टार नभएको एक वर्ष भन्दा बढी भइसकेको छ । कायम–मुकायम उपकुलपति र रजिस्टार छन् । तर हात बाधिएको अवस्थामा । विश्वविद्यालयमा रहेका बिचौलिया, दलाल र चाटचुटे प्राध्यापकहरुले पछिल्लो समय धेरै खेल्ने मौका पाएको देखिन्छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघका प्रमुख पदीय व्यक्तिहरु समेत उक्त कार्यमा संलग्न रहेका छन् ।

उपकुलपति र रजिस्टारको बिषयलाई लिएर नेपाल विद्यार्थी संघले सुप विश्वविद्यालयमा तालाबन्दी गरेको थियो । उक्त तालाबन्दी नेपाल विद्यार्थी संघले यहि महिनाको पवहिलो साता खोलेको छ । विश्वविद्यालयका सम्बन्धित पक्षले विद्यार्थीहरुका विभिन्न मागहरुलाई सम्बोधनको तरखर नगर्दा एउटा बिशुःद्ध प्राज्ञिक थालो आफैमा पटक–पटक थला परेको हुन्छ ।

प्राध्यापकहरुले राजनीतिक पहुँच र आस्थालाई विद्यार्थीका माझमा पोख्दा विद्यार्थी समेत पढाई भन्दा बढी राजनीतिमा सक्रिय भएको पाइन्छ । राजनीतिक दल र संघ–संगठनको झण्डा बोकर प्राध्यापकहरुले विश्वविद्यालयलाई राजनीतिको अखडा नै बनाएका छन् । जसको प्रभाव मेहनती र पढाईमा जेहन्दार विद्यार्थीहरुमा समेत लेप लागेको पाइन्छ ।

विश्वविद्यालयमा अधिकांश सयम व्यतित गर्नु पर्ने प्राध्यापकले बाहिर निजी बोडिङ तथा कोचिङ सेन्टरहरु खोलेर मस्त रहेको पाइन्छ । निजी बोडिङ स्कुल र अन्य संघ संस्थाहरुमा लगानी तथा पठन पाठन गराउदै आएका सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापकहरुले आफ्नो मर्यादा र अस्तित्वलाई भुलेर व्यक्तिगतलाभलाई मात्रै हेर्ने गरेको पाइन्छ ।

आज भन्दा एक बर्ष अगाडी सुप विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरुको हितकालागि गठन गरिएको सुदूर पश्चिम प्राध्यापक संघ समेत नाममा मात्रै सिमित रहेको पाइन्छ । विभिन्न विवादका बिच नेपाल प्राध्यापक संघद्वारा मान्यता प्राप्त विश्वविद्यालयको उक्त प्राध्यापक संघका सभापति देखि सदस्य सम्मका ‘मेम्बर’ निजी बोडिङका सेयरधनी र तीनैमा पढाउन व्यस्त छन् । ति प्राध्यापकहरुलाई विश्वविद्यालय संगको कुनै मतलब छैन्, केबल तलब बुझ्नु बाहेक ।

गत असोजमा विश्वविद्यालयका प्रिन्सिपल भुपेन्द्र बिष्टले एकलौटी र अवैधानिक तवरले २८ जना कर्मचारी तथा प्राध्यापक चोरबाटोबाट भित्र्याउन खोज्दा बृहत रुपमा बिरोध भएको थियो । अन्ततः उक्त प्राध्यापक तथा कर्मचारीलाई विश्वविद्यालयमा नराख्ने अर्थात हटाउनु पर्ने अवस्था आएको थियो । यसरी एउटा सुदूरको धरोहर प्राज्ञिक क्षेत्रलाई राजनीतिक भर्तीकेन्द्र र आफन्तको आखडा बनाउने प्रयत्नहरु गरिनुले लज्जीत गराउछ ।

केहि प्राध्यापकहरु आफु पनी नसुध्रिने र विश्वविद्यालयमा बाहिरबाट स्वयंमसेवकको रुपमा आएका प्राध्यापकलाई पनि टिक्न नदिने दावमा रहेको पाइन्छ । चार महिना अगाडी विश्वविद्यालयमा स्वयंमसेवकका रुपमा अमेरिकाबाट कञ्चनपुर पुगेका प्राध्यापक जेम्स जोन्सलाई समेत एक समुहले लखेटेको पाइन्छ ।

ताजा खबर

सुरक्षित नभएको भन्दै माहाकाली नगरपालिकाका कर्मचारीको ‘पेन डाउन’

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाका कर्मचारीहरु आज देखी अनिश्चित्कालिनका लागी ‘पेन डाउन’ सुरु...

आफनै छोराले किन गरे बाबुको हत्या ?

रौतहट । रौटहतमा एक युवकले आफनै बाबुको हत्या गरेको छ । बुुहारीसँग अनैतिक सम्बन्ध...

छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

डडेल्धुरा । डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई आज जेल चलान गरेको छ । छोरीलाई...

अख्तियारमा प्रधानमन्त्री ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन उजुरी

काठमाडौं । आज प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्वा चलाउन उजुरी परेको छ ।...

डडेल्धुरामा हिउँदे झरीले गर्दा ६० प्रतिशतले घट्यो मह उत्पादन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशतले मह उत्पादन घटे्को छ । मह काड्ने समयमा...