वैज्ञानिक वन व्यवस्थापनले सामुदायिक वन जोखिममा

गौरव बिष्ट
गौरव बिष्ट
बिष्ट कञ्चनपुरको झलारीबाट पत्रकारिता गर्नु हुन्छ । उनी निगरानी खबरका संवाददाता हुन् ।

जय बहादुर ऐर । वैज्ञानिक वन व्यवस्थापनका नाममा वन विनास संगै खतरा बढदै गएको छ । वैज्ञानिक वन व्यवस्थापनले साम’दायिक वन विनासको खतरा वढ्दैछ ।

वनको दिगो व्यवस्थापन भन्दा पनि रूखहरू कटान गरेर काठ व्यापारी,वन कर्मचारी,वन पदाधिकारी मोटाउने र राजश्व आर्जन गर्ने यसको उदेश्य देखिन्छ । प्राकृतिक सम्पतिका रूपमा रहेको विविधताले भरिपुर्ण रूखहरू कटान गरेर वैज्ञानिक वन बनाउछु भन्नुको पछाडि के ग्यारेन्टी छ ?

वनको खाली क्षेत्रमा नयाँ वृक्षारोपण नहुनु पुर्नउत्पादनमा ध्यान नदिन’ वाट प्राकृतिक रूखहरू काटेर मात्रै दिगो वन वनायर हरियाली बनाउछु,भन्नेमा उपभोक्ताले विश्वास गर्ने आधार केही देखिदैन ।

केही निश्चित समयका लागि आउने उपभोक्ता समितिले प्रकृति संग खेलवाड गर्नेगरि द’रगामी महत्तवको विषयलाई लागू गर्नु खोज्नु सामाजिक न्याय संगत छकि छैन ?

विश्वका देशहरू इन्डोनेसिया,मलेसिया,फिलिपिन्स र ब्राजिल जस्ता मुलुकमा दिगो वन व्यवस्थापन पद्वति लागू हुँदा ठुलो वातावरणीय सामाजिक आर्थिक क्षति भएकाले अधिकांस मुलुकले वैज्ञानिक वन व्यवस्थापन पद्वति परित्याय गरिसकेका छन् ।

छिमेकि देश भारतमा समेत राज्यवाटै वन कटानको पद्वति लागू गर्न खोज्दा नागरिकले त्यसको डटेर विरोध गरेका थिए । बन जंगल विनास हुँदा प्रकृति लाई असर पर्ने देखेपछि नागरिकले वन जोगाउन चिप्को आन्दोलन गरेका थिए ।

नियोजित रूपमा रूख कटान हुन थालेपछि काट्न खोजेको रूखमा जनताले चिप्कियर रूखमा अंगालो हालेर रूख काटिन वाट जोगाएको ईतिहास ताजैछ ।

दिगो वनको पद्वतिले उपभोक्ताको हक अधिकारमा कटौती गरि वनका कर्मचारी ठेकेदार लगानी कर्ताको नियन्त्रणमा सामुदायिक वन वन्धक जस्तै वन्ने प्रसस्त उदाहरण देख्ने गरिन्छ । वैज्ञानिक वन व्यवस्थापनका नाममा सरपट कटान प्रणालि अपनाउदा जलवायु परिवर्तन जैविक विविधता जंगली जिवजन्तुको वासस्थानको जोखिममा पर्न सक्छ ।

तराईको हरियाली सुन्दर सालको वन विनास गर्न राज्यनै सुनियोजित रूपमा अगाडि वढनु वहसको विषय वन्नु पर्दछ । हाम्रा पुर्खाले नासोको रूपमा हस्तान्तरण गरेको प्राणवायु अक्सिजनको भण्डारका रूपमा रहेका काँचा रूख जोगाउने दायित्व हामी सवैका हो ।

काचा रूख विनास हुँदा सम्वन्धीत वनका उपभोक्तालाई मात्र असर नगरी राष्ट्रिय एवम अन्तराष्ट्रिय जगतलाई पनि यसको प्रभाव पर्न जान्छ । मानव सभ्यता संग जोडियको ईतिहासिक वनक्षेत्र लाई ८–बर्से रणनितिक योजना अघि वढाईएको छ ।

दिगो वन व्यवस्थापन वारे उपभोक्तालाई जानकारी नगराईकन अगाडि वढदा कस्तो परिणाम आउला सहजै अनुमान गर्न सकिन्छ । राज्यले वनक्षेत्र जोगाउन नसक्ने भएपछि उपभोक्तालाई हस्तान्तरण गरियको थियो ।

उपभोक्ताले संरक्षण सम्वद्वन गरि हरियाली वनायको वन मरूभुमिमा परिणत त हुदैन आशंकाका ठाउँ प्रसस्त देखिदैछन् प्रकृति लाई पुजा गर्ने समुदायका मान्छे हामी सालको काँचो रूख काट्दा ज्यान मारेको भन्दा पनि ठ’लो अपराध लाग्ने चर्चा अझै पनि समाजमा हुने गर्दछ ।

मानवीय भावना संम्वेदनशिलता को ख्यालै नगरी वैज्ञानिक बनको नाममा एकै पटक सयौको संख्यामा रहेका काँचा रूखहरूमा मृत्यु दण्डको विल्ला लगाईनु प्रकृति संगको खेल वाडत होईन ?

उपभोक्ताको ज्ञान सीप दक्षता क्षमताको विकासनै नगरी हतार हतारमा अगाडि वढनुले पारिस्थितिय प्रणाली विनासको खतरा वढ्न सक्छ , विनास गर्न सहजछ । तर पुर्नः उत्पादनमा ध्यान दिन नसके संकटको अवस्था आउन सक्दछ । केही समय ढिलो भय पनि सुझबुझका साथ निर्यण लियर सवैको भावना बुझेर अगाडि वढ्दा उत्तम हुनेछ ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...