कर्मठ युवा नेता बाशुदेब भट्ट सुदरपश्चिम प्रदेश युवा सञ्जालको अध्यक्षमा चयन

महेन्द्रनगर । कञ्चनपुरका जझारु युवा नेता तथा समाजसेवी व्यक्ति बाशुदेब भट्ट प्रदेश स्तरीय युवा सञ्जालको अध्यक्षमा चयन भएका छन् ।

सुदूरपश्चिमका नौं ओटै जिल्लाहरुको प्रतिनिधित्व गर्ने उद्देश्यका साथ गठन गरिएको प्रदेश स्तरीय युवा सञ्जालको नेतृत्व नेता भट्टले हात पारेका हुन् ।

महेन्द्रनगरको भीमदत्त नगरमा शनिबार सम्पन्न भएको युवाहरूको भेलाले बासुदेव भट्टको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।

सुदूर पश्चिमका युवा सञ्जालको उक्त सञ्जालको उपाध्यक्षमा निर्मला टेर, सचिवमा तपेन्द्र विष्ट, सहसचिवमा प्रमिला ढुंगाना, कोषाध्यक्षमा अमन ओखेडालाई चयन गरिएको अध्यक्ष भट्टले बताए ।

सदस्यहरुमा नरेश रोकाया, तोयराज जोशी, निशा मलासी, गोरख थापा, जयबहादुर पाल, केशव खड्का रहेको जनाइएको छ ।

Image may contain: 11 people, including Bashudev Bhatt HoHo, Mahesh Bhatt and Uttam Bist, people smiling, people standing