पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्ति मेला

चितवन । चितवन, तनुहुँ र नवलपुरको पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्कान्ति मेलाको अवसर पारी ठुलो भिड लागेको छ । गत राति नै देवघाटमा रातभर जाग्राम बसी बिहानै त्रिशुली र कालीगण्डकी नदीको संगमस्थलमा नुहाउनेहरुको भिड लागेको हो ।

नुहाउँदा कुनैपनि दुर्घटना नहोस् भनेर नदीको किनार छेउमा डोरी बाँधिएको छ ।
डिुंगा र याफ्टिङ सयरमा असक्त, अपाङ्ग, वृद्धवृद्धाहरुलाई निःशुल्क गरिएको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले त्रिशुली र कालीगण्डकी नदीको संगममा माघे सङ्क्रान्तिमा स्नान गर्दा अक्षयफल प्राप्त हुने विश्वासका साथ दर्शनार्थीहरू देवघाट आउने गरेको बताए ।

मेला भर्न आएका दर्शनार्थीहरु रातभर ध्वनी बालेर जाग्राम बसी नाचगान गर्नुका साथै धार्मिक प्रवचनमा सहभागि भएका थिए । देवघाटधाममा जानका लागि पुलमा दोहोरो लाइन राखेर आवातजावात गर्ने व्यवस्था मिलाइएको थियो भने, त्रिशुली नदीबाट आवातजावात गर्न सहजता होस् भनेर ४० वटा डुंगाको व्यवस्था गरिएको छ ।

तनहुँ र चितवन तर्फ सुरक्षाका लागि नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरी गरी करिब पाँच सय सुरक्षाकर्मीको परिचालन गरिएको थियो भने, देवघाट क्षेत्र विकास समितिका दुई सय स्वंयसेवक खटिएका थिए । ट्राफिक व्यवस्थापनका लागि ३० जना ट्राफिक प्रहरी मेलामा खटिएका थिए ।

यस वर्ष भक्तजनहरुको सख्यां बढेको र कुनै पनि त्यस्तो अप्रिय घटना नघटेको देवघाट मेला विकास समितिका अध्यक्ष पौडेलले बताए ।

ताजा खबर

कञ्चनपुरकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता पुनर्वासमा सञ्चालन हुँदै

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाले कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि रहेको प्रथम मेयर...

झुक्काएर ‘कृष्णा’ लाई सामुदायीक बनमा लगेर बलत्कार गरेको खुलासा

 दोधारा । माहाकाली नगरपालिकामा झण्डै एक साता अघि सामुदायिक बनमा भएको नावालिक बलत्कार काण्डमा...

नेपाल टेलिकमद्वारा दोधारा–चाँदनीमा निःशुल्क सिमकार्ड वितरण गरिने

दोधारा । नेपाल टेलिकमले दोधारा–चाँदनीमा निशुल्क सिमकार्ड बितरण गर्ने भएको छ । नेपाल टेलिकमले...

प्रेमीसँग मिलेर श्रीमानको हत्या

काठमाडौं । मोरङमा एक महिलाले आफ्ना प्रेमी संग मिलेर श्रीमानको हत्या गरेका छन् ।...

राज्यमन्त्री झाद्वारा राजीनामा

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेको चर्चाका...