भारतबाट गरगहना र नगद चोरी गरेर फरार रहेका तीन जना पक्राउ परे

धनगढी । चोरी गरी लिकाएर राखेको अवस्थामा रहेको १ करोड रुपैयाँसहित तीन जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

भारतको दिल्लीबाट चोरी गरेर ल्याएको ६५ लाख भारतीय रुपैयाँ (एक करोड ४ लाख नेपाली रुपैयाँ) सहित बाजुराको बुढीगंगा नगरपालिका १, डुङ्ग्रीका २९ वर्षीय जहर सिंह थापा सोही ठाउँकी २८ बर्षकी मनाकुमारी खड्का (थापा) र कैलालीको गौरिगंगा नगरपालिका दुईकि ३२ वर्षकी बिन्दाकुमारी थापा (रावल) लाई रकमसहित पक्राउ गरेको हो ।

भारतबाट बाजुराका जहर सिंह थापा र मना कुमारी खड्का थापाले पैसा चोरी गरेको र कैलाली गौरिगंगाकी बिन्दा कुमारी थापा (रावल) चोरीको पैसा आफ्नो घरमा लुकाई राखेको आरोपमा पक्राउ गरेको प्रहरीको भनाइ छ ।

भारतको दिल्ली निवासी विश्वेश्वर अग्रवालको कार्यालयबाट गरगहना र नगद चोरी भएको भारतीय राजदूतावासले जनाएपछि कैलाली प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो ।

अग्रवालले सुनका गरगहनासहित १ करोड ४ लाख भारतीय रुपैयाँ चोरी गरेको आरोप लगाएका छन् । प्रहरीले भने अहिलेसम्म ६५ लाख भारतीय रुपैयाँ मात्रै बरामद गरेको छ ।

‘चोरी भएको गहना र अन्य रकम हामी खोज्दै छौँ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...