अब मोबाइल फोनबाटै विद्यालयको अनुगमन

कालीकोट । कालीकोटको पचालझरना गाउँपालिकाले मोबाइल फोनबाट नै विद्यालयको अनुगमन प्रविधि सञ्चालनमा ल्याएको छ । विद्यालयको व्यवस्थापन र अनुगमनमा सहज हुने गरी ‘स्कूल डायरी’ सफ्टवेयरमार्फत विद्यालयको अनुगमन सुरु गरिएको हो ।

गाउँपालिका कार्यालयबाटै विद्यालयको अनुगमन गर्न सकिने गरी ‘रिभुलेसन टेक्लोलोजी’को उत्पादन स्कूल डायरीमार्फत सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापन प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर विकासका लागि उक्त प्रविधि जडान गरिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताउनुभयो ।

‘पहिलोपटक गाउँपालिकाका दुई विद्यालयमा यो प्रविधि जडान गरिएको छ’, उनले भने, ‘प्रविधि सबै विद्यालयमा सञ्चालन गरिने छ ।’

विद्युतीय सफ्टवेयरको प्रयोगले सामुदायिक विद्यालयको अनुगमनमा सहज हुने अध्यक्ष सेजुवालले बताए । ‘अनुगमन प्रभावकारी नहुँदा विद्यालयको व्यवस्थापन प्रभावकारी हुन नसकेको हो’, उनले भने, ‘अब प्रविधिको प्रयोगले अनुगमनमा समेत सहज हुने छ । शिक्षकलाई नियमित विद्यालयमा आउन विद्युतीय माध्यम सजिलो हुने उनले बताइन् ।

विकट क्षेत्रका लागि सफ्टवेयर प्रभावकारी हुने रिभोलुसन टेक्नोलोजीका अध्यक्ष बिक्रम तिवारीले बताए । ‘विकट क्षेत्रबाट नै प्रविधिको प्रयोग गरी शिक्षामा गुणस्तर ल्याउन गाउँपालिकासँग साझेदारी गरिएको छ’, उनले भने, ‘बढी समस्या हुन्छ, त्यहाँ प्रविधिको जरुरी पनि हुन्छ ।’                            रासस

ताजा खबर

शुक्लाफाँटामा नयाँ ट्रान्सफर्मर जडान

झलारी । शुक्लाफाँटा नगरपालिकामा नयाँ ट्रान्सफर्मर जडान संगै माग बमोजिम ट्रान्सफर्मरको क्षमतामा बृद्धी गरिएको...

गृहमन्त्रीले ‘आधारभूत नियन्त्रित’ गरेको भनेकै दिन विप्लव समुहले प्रदर्शन गरे

सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आधारभुत रुपमा नियन्त्रण गरेको अभिव्यक्ति दिएका गृहमन्त्री...

कञ्चनपुरमा पित्तललाई सुन भनेर ९ लाख ठगी गर्ने दुई जना फरार

जितु कुवँर /महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गज्जरमा नेपालीलाई झुक्काएर भारतीय नागरिकले नौं लाख...

पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै माइतीघरमा कचौरा बोकेर प्रदर्शन

काठमाडौं । नेपालको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै आएका प्रदर्शनकर्ताले काठमाडौंमा ‘कचौरा’को...

सिटिइभिटी सुदूरपश्चिमको कार्यालयमा तालाबन्दी

महेन्द्रनगर । सुदूरपश्चिम भरीका प्राविधिक शिक्षण तालिम प्रदान गर्दै आएका संस्थाका संञ्चालकहरुले प्राविधिक शिक्षा...