जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली भेगमा

डोल्पा । डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवि शर्मा केही दिनअघि हेलिकोप्टरबाट उपल्लो डोल्पा पुगिन्। उनले कात्तिकदेखि नै हिउँ पर्न सुरु हुने उपल्लो डोल्पामा पुस अन्तिमतिर त्यहाँका डाँडाकाँडा र गाउँबस्तीहरु हिउँले भरिभराउ र रमणीय होलान् सोचेकी थिइन्।

पाँच हजार मिटर उचाइमा पर्ने डाँडाकाँडामा पुस अन्तिम साता पनि राता र ससाना घाँस उम्रेको प्रस्ट देखिन्थ्यो। उपल्लो डोल्पामा पछल्लो वर्षहरुमा तापक्रम पनि बढ्दै गएको उनको अनुभव छ। उपल्लो डोल्पाका अन्य सर्वसाधारणको अनुभव पनि निमासँग मिल्छ।

पुस लागेदेखि मात्रै सात र आठ पटक हिउँ परिसक्दा पनि उपल्लो डोल्पामा हिउँ नजम्नुलाई जलवायु परिवर्तनको प्रत्यक्ष असर रुपमा लिन सकिने जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका ताराप्रसाद आचार्यले बताउँछन्। ‘साथीहरु तराईका जिल्लाबाट फोन गरेर डोल्पा त हिमाली जिल्ला खुबै हिउँ परेको होला भन्छन्।

हिउँमा रमाउन पाउने तँ भाग्यमानी भनेर जिस्काउँछन्‚’ आचार्यले भने, ‘खासमा साथीहरुले भनेजस्तो डोल्पा छैन। डोल्पामा प्रत्येक वर्ष हिउँ पर्ने समय घट्न थालेको छ। पाँच छ वर्षअघिसम्म यस सिजन हिउँले भरिभराउ हुने डाँडाकाँडा काला र सुख्खा देखिन्छन्।’

यस पटक तल्लो डोल्पामा मुस्किलले जम्ने गरी एक पटक मात्र हिउँ परेको उनले बताए। अघिल्लो वर्ष यही सिजनमा तीनरचार पटक हिउँ परिसकेको थियो। उपल्लो डोल्पामा मात्रै नभई तल्लो डोल्पाका विभिन्न बस्तीमा समेत पानीका मुहान सुक्न थालेका छन्।

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने चुँ र रसी गाउँमा पानीका मुहान सुकेर बस्तीनै सार्नुपर्ने अवस्था आउन थालेको नगरपालिकाले जनाएको छ। अघिल्लो वर्षभन्दा यो वर्ष ठूलीभेरी नदीमा पानीको वहाव घटेको छ।

ताजा खबर

कञ्चनपुरकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता पुनर्वासमा सञ्चालन हुँदै

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाले कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि रहेको प्रथम मेयर...

झुक्काएर ‘कृष्णा’ लाई सामुदायीक बनमा लगेर बलत्कार गरेको खुलासा

 दोधारा । माहाकाली नगरपालिकामा झण्डै एक साता अघि सामुदायिक बनमा भएको नावालिक बलत्कार काण्डमा...

नेपाल टेलिकमद्वारा दोधारा–चाँदनीमा निःशुल्क सिमकार्ड वितरण गरिने

दोधारा । नेपाल टेलिकमले दोधारा–चाँदनीमा निशुल्क सिमकार्ड बितरण गर्ने भएको छ । नेपाल टेलिकमले...

प्रेमीसँग मिलेर श्रीमानको हत्या

काठमाडौं । मोरङमा एक महिलाले आफ्ना प्रेमी संग मिलेर श्रीमानको हत्या गरेका छन् ।...

राज्यमन्त्री झाद्वारा राजीनामा

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेको चर्चाका...