निर्मला प्रकरणः अधिकारकर्मीमाथि बिच सडकमा यसरी उदांगो भयो ‘प्रहरी मेरो साथी’ !

महेन्द्रनगर । महिला अधिकारकर्मी माथी कञ्चनपुर प्रहरीले ज्यादती गरेको छ । सोमवार निर्मला पन्तको न्याय र उक्त आन्दोलनका घाईतेहरुको उचित औषधी उपचारका लागि जिल्ला अदालत अगाडी धर्ना बसेका महिला अधिकारकर्मी माथि प्रहरीले ज्यादती गरेको हो ।

भीमदत्त नगरपालिका–२ की १३ वर्षीय वालिका पन्तको बलात्कार पछि हत्या भएको १८ महिना बितिसक्दा समेत हत्याराको पहिचान हुन सकेको छैन् । वालिका पन्तको हत्यारा खोज्नुको सट्टा न्यायमूर्तीका लागि शान्तिपूर्ण धर्नामा बसेका महिला अधिकारकर्मी माथि कञ्चनपुर प्रहरीले धरकपट तथा ज्यादती गर्न थालेको छ ।

जिल्ला अदालत कञ्चनपुरको बाहिर सडकमा शानितपूर्ण धर्नामा बसेका महिला अधिकारकर्मी तथा समाजसेवी शारदा चन्द लगायतका अधिकारकर्मी मार्थी प्रहरीले दमनको शैली देखाएको हो । निर्मलाको न्यायका लागि शान्तिपुर्ण धर्नामा बसेकालाई प्रहरीले दमनकारी शैलीमा ज्यादती देखाउनु असोभनिय देखिन्छ ।

जिल्लामा पटक–पटक निर्मलाको न्यायका लागि आवाज उठाउदै आएका महिला अधिकारकर्मी र कञ्चनपुरको सिंगो समाजलाई धमिल्याउन प्रहरीले विभिन्न बल प्रयोग गर्नु आफैमा आफ्नो अस्तित्व माथि प्रश्न उठाउनु र कायरताको परिपुरकत्व झल्काउछ ।

शान्तिपुर्ण रुपमा निर्मलाको न्यायका लागि सम्बनिधत निकायहरुलाई झ–झल्काउदा प्रहरीले दमनकारी शैलीमा सोमवार महिला अधिकारकर्मी माथि धरकपट गरिएको हो । महिला अधिकारकर्मी शारदा चन्द लगायतको समुह र सामाजिक क्षेत्रका विभिन्न प्रतिष्ठित व्यक्तिहरुले शान्तिपूर्ण रुपमा एक घण्टा सम्म जिल्ला अदालत अगाडी धर्ना बस्ने जनाएका थिए । तर धर्ना सुरु भएको १५ मिनेट नबित्दै प्रहरीले उनिहरु माथि बल प्रयोग गरेको हो ।

१५/२० जना प्रहरीको समुहले अधिकारकर्मी चन्द सहित शान्तिपूर्ण धर्नामा बसेकाहरुलाई लछार–पछार गर्दै उक्त स्थलबाट लखेट्न खोजेको महिला अधिकारकर्मी लक्ष्मी मल्लले जनाइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकको कमाण्डमा खटिएको समुहले महिला अधिकारकर्मीहरुकोे समुलाई हातपात तथा बल प्रयोग गरेको हो ।

निर्दयी तरिकाले प्रहरीले बल प्रयोग गर्दै अधिकारकर्मी चन्दलाई लछार–पछार गर्दै गाडीमा राख्न खोजीको पाइन्छ । धर्नालाई तुहाउने प्रयोजनमा प्रहरीले एक्सन लिएको यो घटनामा प्रष्ट देखिन्छ । प्रहरीले आफ्नो रबैया देखाउदै सामाजिक रुपमा अन्यायको वातावरण पैदा गरेको छ ।

महिला प्रहरीले धर्नामा बसेका महिला अधिकारकर्मी माथि अपशब्द समेत प्रयोग गरेको पाइन्छ । धर्नाबाट हटाउनका लागि महिला प्रहरीले सामाजिक रुपमा अपाच्य शब्द समेत प्रहार गरेको पिडित अधिकारकमीहरुले गुनासो गरे ।

समाजको सुरक्षाका निम्ती खटिएको प्रहरीले यसरी जनतामाथि दुव्र्यवहार अन्याय गर्न थालेपछि महेन्द्रनगरका स्थानीय प्रहरी प्रती आक्रोशित बनेका छन् ।

निर्मला पन्तको न्याय र निर्मला आन्दोलनका प्रहरीबाटै घाइते भएकाहरुको उचित औषधी उपचारका लागि महेन्द्रनगरमा फेरी जन आवाज उठ्न थालेका छन् । त्यसैक्रममा सोमवार शान्तिपुर्ण धर्नामा बसेका अधिकारकर्मी माथि प्रहरीले फरी दमन गरेको छ ।

उक्त प्रहरी दमन तथा बल प्रयोगबाट महिला अधिकारकर्मी चन्द घाइते भएका छिन् ।प्रहरीको बल प्रयोगबाट चन्दलाई शारिरिक रुपमा ठुलो चोट पुगेको छ । महाकाली अस्पतालमा उपचार सम्भव नभए पनि चन्दलाई अन्यत्र रिफर गरिएको छ ।

निर्मला पन्त हत्या प्रकरण: न्यायको मागमा धर्ना बसेका अधिकारकर्मी शारदा चन्दमाथी कंचनपुर प्रहरीको ज्यादती ।। गुण्डा शैलीमा अधिकारकर्मी माथी प्रहरीको प्रहार !!

Gepostet von Nigarani Khabar am Montag, 13. Januar 2020

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...