कांग्रेस प्रति जनताको विश्वास बढ्दै गईरहेको छः नेता एनपी साउँद

गौरव बिष्ट
गौरव बिष्ट
बिष्ट कञ्चनपुरको झलारीबाट पत्रकारिता गर्नु हुन्छ । उनी निगरानी खबरका संवाददाता हुन् ।

झलारी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री एनपी साउँदले नेपाली जनतामा कांग्रेस प्रतिको विश्वास बढिरहेको बताउनु भएको छ ।

उनले नेपाली कांग्रेस सरकारमा भएका बेला छोटो अवधिमै गरेका महत्वपुर्ण कार्यको प्रसंसा हुन् थालेको छ ।

हाम्रै पालामा शुरु गरेका विकाश योजनाका कार्यहरु लाई कम्युनिष्टको दुई तिहाईको सरकारले अलपत्र पार्ने गरेको आरोप लगाए । जनतालाई ठुल–ठुला सपना देखाएर कम्युनिष्टको सरकारले भ्रष्टाचार हत्या, हिँसा, आतंक मच्चाए संगै संबिधान विरोधी गतिविधी गरेर दःुख दिदा जनताले नेपाली काग्रेँस लाई नै विश्वास गर्न थालेको बताए ।

सोमबार शुक्लापÞmाँटा नगरपालिकाको वडा नम्बर ९ ले भम्का पानी पर्यटन क्षेत्रमा आयोजना गरेको थारु समुदायको माघी पर्वको अवसर परि शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पुर्व मन्त्रि साउँदले जनता माथि ताना साही साशन लाद्ने आफै पतनको दिशा तर्फ गईरहेकाले कम्युनिष्ट सरकारको धेरै लामो आयु नरहेको दावी गरे ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका पुर्व मन्त्रि साउँदले नेपाली समुदाय बिविधताको बिचको एकताले भरिपूर्ण छ । बिभिन्न खाले भेष भूसा सस्कृति, रितिरिवाज, सभ्यतानै नेपालको बिशिष्ट पहिचान रहेकाले ति मौलिक पहिचान, सस्कृति संरक्षणमा सबै मिली जोगाउ पश्चिम तराइका धर्ति पुत्र थारु समुदायको मुख्य पर्व माघी उनीहरुको सस्कृति सभ्यताको पहिचान रहेको हुँदा सबै मिलि एक आपसमा सामाजिक एकता सद्भाव बाड्दै मनाउनु पर्ने पुर्व मन्त्रि साउदले बताए ।

कार्यक्रममा पुर्व संबिधान सभा सदस्य बहादुर सिह थापाले बर्षौ देखि राजनीतिक,सामाजिक,आर्थिक रुपले पछाडी परिएको राना थारु समुदायको अधिकार स्थापितका लागि नेपाली काग्रेँसले बिशेष भूमिका खेलेको स्मरण गराए ।

जमिन्दारले बर्षौ देखि उनीहरु माथि शोषण विभेद गरिरहेको थियो । बधुवा मजदुरका रुपमा रहेका आदिवासी जनजातिलाई नेपाली कागँ्रेस सरकारमा रहेका बेला मुक्ति दिलाएको जनाए ।

उनले नेपाली काग्रेँसको बिधाननै समाबेशी भएकाले स्थानीय तह देखि केन्द्र सम्म पार्टिले थारु समुदायका व्यक्तिहरुको प्रतिनिधित्व सुनिश्चता गरेको दाबी गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेश सभा सदस्य श्याम लाल रानाले थारु समुदायले मनाउने माघी पर्वले बिशेष महत्व बोकेको छ , नयाँ बर्षका रुपमा मनाइने यो पर्वमा वर्ष भरिकै महत्वपुर्ण योजना,योजना निर्माण गरिन्छ ।

स्वतन्त्रता र मुक्तिका रुपमा मनाइने माघी पर्वमा एक आपसमा दुख सुख बाड्ने संगै आफ्नो नेता बड्घरको छनौट गर्ने, बिभिन्न किसिमका सास्कृतिक प्रस्तुति झल्काउदै परापुर्व काल देखि निरन्तर रुपमा चलि आएको माघी पर्वलाई मनाउदै आएको प्रदेश सभा सदस्य रानाले बताए । शुक्लापÞmाँटाका नगरप्रमुख दिल बहादुर ऐरले नगरपालिकाले सबै जात–जाति,समुदायका नगरबासीहरुको कला,सस्कृति,संरक्षणमा नगरपालिकाले ध्यान दिएको बताए ।

नागरिकको माग बमोजिम लक्षित वर्गका कार्यक्रमलाई बिशेष महत्वका साथ प्राथमिकता दिदै आएको छ । नगरको पहिचान स्थापित गर्ने कला सस्कृति मौलिक पहिचानको संरक्षण सम्बद्र्धनमा नगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख ऐरले जनाए ।

शुक्लापÞmाँटा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रमेश बहादुर ऐरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य देबराज पाठक, जिल्ला सभापति हरि प्रसाद बोहरा लगाएत नेपाली कागँ्रेसका नेता कार्यकर्ताले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रममा शुभकामना आदान प्रदान संगै थारु समुदायका बिविध सास्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन ट्रेड युनियन कागँ्रेस नगर सभापति भरत बहादुर ऐरले गरेका थिए ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...