माहाकालीमा भारतियहरुको नेपाली जग्गा अतिक्रमण गर्ने कसरत

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकामा बिगत केही वर्ष देखी नेपाली भुमी कब्जा गर्ने भारतिय कसरत जारी छ् । माहाकाली नगरपालिका वडा नं. ८ सुन्दरनगरको नेपाल–भारत सिमा स्तम्भ १७ नजिक रहेको नेपालीको जग्गा आज बिहान भारतियहरुले ट्याक्टरले जोत्न थालेका हुन् । २०२४ साल देखी लक्ष्मण बहादुर पुनले भोग चलन गर्दै आएको उक्त जग्गामा केही महिना देखी भारतियहरुले आफ्नो क्षेत्रमा गाँभ्ने कसरत गरिहेको स्थानियहरुको भनाई रहेको छ् ।

आज बिहान भारतिय ट्याक्टर सहित आएका भारतियहरुले लक्ष्मण बहादुर पुनले लगाएको मसुरो वाली खेतमा जोतेका छन् । स्थानियहरुले नेपाली भुमीमा भारतिय नागरिकले खेत जोत्न लागेको खबर पाएपछि खेतमा मा पुग्दा नपुग्दै ट्याक्टर लिएर भारतियहरु भागेका स्थानियहरुले बताएका छन् । जंगे पिल्लरको नजिकै रहेको करिब डेढ कट्टा जग्गा आफ्नो नाउमा रहेको लक्ष्मण बहादुर पुनले बताए । ‘२०२४ साल देखी भोगचलन गर्दै आएको र २०६७ सालमा आफने नाउमा दर्ता भएको र अहिले आएर हाम्रो जग्गा हो भन्दै भारतियहरुले बिबादमा ल्याउदै आएका छन्’ लक्ष्मण बहादुर पुनले दुखेशो पोखे– ‘हामीले के गर्ने ?’ केही दिन अघि पनि भारतियहरुले उक्त जग्गा मेरो हो भन्दै दाबी गरेपछि स्थानियबासी, दुबै देशका सुरक्षा अधिकारी बसेर छलफल समेत गरेको उनले बताए । उक्त छलफलमा बिबाद भएको कारण सिमा सुरक्षा बिज्ञले मात्रै उक्त बिबाद सुल्झाउने बताउदै कुनै पक्षले पनि खनजोत नगर्न सल्लाह दिएको लक्ष्मण बहादुर पुनले बताएका छन् । ‘दशजगा र जंगे पिल्लर देखी टाढा छ । प्रष्ट नेपाली भुमी भएको देख्दा देख्दा पनि मेरो जग्गालाई भारतिय क्षेत्रमा गाँभ्ने कसरत भएको छ्’ लक्ष्मण बहादुर पुनले भने । नेपाली जग्गामा भारतियको हस्तक्षेप बढ्न थालेपछि स्थानिहरुमा त्रास छाएको छ् । ‘कुन दिन सुन्दरनगर पुरै हाम्रो हो भन्न भारतियहरुले बेर लगाउदैनन्’ स्थानियहरु भन्छन् । स्थानियबासी मान बहादुर गुरुङ्गका अनुसार बिगत केही दिन देखी लक्ष्मण बहादुर पुनको करिब डेढ कट्टा जग्गामा भारतियहरुले नजर राख्दै आएको बताएका छन् । उनका अनुसार सिमा क्षेत्रमा जोडिएको जग्गामा सुन्दरनगर आसपास क्षेत्रमा समय समयमा भारतिय नागरिकहरुले अतिक्रमण गर्ने प्रयास भईरहेको बताएका छन् । सुरन्दरनगर क्षेत्रमा रहेको लक्ष्मण बहादुर पुनको जग्गा अतिक्रमण गर्ने कसरतमा भारतिय सिमा सुरक्षा बलको हात रहेको स्थानियहरुको भनाई रहेको छ् । नेपाली नागरिकले विरोध गर्दा भारतिय सिमा सुरक्षा बल (एसएसबी) को आडमा भारतीयले ज्यादती गर्ने गरेको गुनासो स्थानीयहरुको रहेको छ् । अतिक्रमण रोक्ने र नियन्त्रण गर्ने मजवुत सरकारी संयन्त्र माहाकाली नगरपालिका नेपाल–भारत सिमा क्षेत्रमै नहुदाको फाईदा उठाउदै भारतीयले मनमौजी हिसावमा कार्य गर्दै आएको स्थानीयको गुनासो छ् । संख्यात्मक हिसावमा नेपाल सुरक्षाकर्मी थोरै भएकाले पनि भारतीयले नटेर्ने गरेको बताईएको छ् । भारतीयको पछिल्लो गतिविधी हेर्दा सुन्दरनगर आसपास दशगजा क्षेत्रमा नेपाली भूमि अतिक्रमणको योजना बुनेर अघि बढ्न थालेको एक थरी स्थानियहरुको आशंका रहेको छ् ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...