कञ्चनपुरमा छाउगोठ भत्काउने अभियान सुरु, आज शुक्लाफाँटामा ७ छाउगोठ भत्काइए

गौरव बिष्ट
गौरव बिष्ट
बिष्ट कञ्चनपुरको झलारीबाट पत्रकारिता गर्नु हुन्छ । उनी निगरानी खबरका संवाददाता हुन् ।

झलारी । कन्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकामा पनि छाउ गोठ भत्काउने अभियान संचालन गरिएको छ । सोमबार वडा नम्बर ४ को असैना बाट उक्त अभियानको संचालन गरिएको प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यले बताए ।

गृहमन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय कन्चनपुरले स्थानीय जनप्रतिनिधि सहित छाउ पडिका बारेमा अध्ययन गर्दै छाउ गोठ भत्काउने कार्य कन्चनपुरको शुक्लाफाँटा नगरपालिका बाट संचालन गरिएको बताउदै पहिलो दिन शुक्लाफ़ाटा नगरपालिकाको वडा नम्बर ४ आशापुर असैनामा ७ वटा छाउ गोठ भत्काईएको छ ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख शुशिल बैद्द, कन्चनपुर प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनी,एपीएफ कन्चनपुरका एसपी बिर बहादुर शाहु, शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐर, वडा नम्बर ४ का वडा अध्यक्ष ज्ञान बहादुर बिष्ट्को अगुवाईमा छाउ गोठ भत्काईएको छ भने कन्चनपुर जिल्ला भरिनै छाउ गोठ भत्काइने प्रमुख जिल्ला अधिकारी बैद्यले बताए ।

ताजा खबर

कञ्चनपुरकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता पुनर्वासमा सञ्चालन हुँदै

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाले कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि रहेको प्रथम मेयर...

झुक्काएर ‘कृष्णा’ लाई सामुदायीक बनमा लगेर बलत्कार गरेको खुलासा

 दोधारा । माहाकाली नगरपालिकामा झण्डै एक साता अघि सामुदायिक बनमा भएको नावालिक बलत्कार काण्डमा...

नेपाल टेलिकमद्वारा दोधारा–चाँदनीमा निःशुल्क सिमकार्ड वितरण गरिने

दोधारा । नेपाल टेलिकमले दोधारा–चाँदनीमा निशुल्क सिमकार्ड बितरण गर्ने भएको छ । नेपाल टेलिकमले...

प्रेमीसँग मिलेर श्रीमानको हत्या

काठमाडौं । मोरङमा एक महिलाले आफ्ना प्रेमी संग मिलेर श्रीमानको हत्या गरेका छन् ।...

राज्यमन्त्री झाद्वारा राजीनामा

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेको चर्चाका...