कैलालीका स्थानीय तहहरुसँग छैन् भ्रमण वर्षको योजना

कैलाली । नेपाल भ्रमण वर्ष २०२० शुरु भए पनि कैलालीको पूर्वी क्षेत्रका स्थानीय तहले पर्यटन लक्षित कुनै योजना तयार पार्न सकेका छैनन् ।कैलालीको भजनी नगरपालिलले भ्रमण वर्ष लक्षित कुनै योजना बनाएको छैन । न त नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि बजेट छुट्याएको छ ।

नगपालिकाभित्र थुप्रै पर्यटकीय सम्भावना बोकेका क्षेत्र छन् । विश्वको दुर्लभ जलचर प्राणी डल्फिन क्षेत्र भजनी नगरपालिकामा पर्दछ । नगपालिकाभित्र लौकाहा–भौकाहा ताललगायत थुप्रै पर्यटकलाई लोभ्याउने क्षेत्र भए पनि त्यसको प्रचार–प्रसार नगरपालिकाले गर्न नसकेको स्थानीयवासी अर्जुन खत्रीले बताए ।

उनले नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रचारमा ध्यान दिन सकेको अवस्थामा आन्तरिक तथा बाह्य पर्यटकबाट नगरपालिकाले आफ्नो आन्तरिक आयस्रोतलाई अझै मजबुत बनाउन सक्ने बताए ।भजनी नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीले भ्रमण वर्षलाई लक्षित गरी नगरपालिकाले कुनै योजना नबनाएको बताए ।

भ्रमण वर्षका लागि टीकापुर नगरपालिकासँग पनि कुनै योजना छैन । नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले नगरपालिकाले हालसम्म कुनै योजना तय गरिनसकेको बताए ।

उनले कार्यपालिका सदस्य रमेश विकको संयोजकत्वमा समिति गठन भएको बताउँदै योजना निर्माणका लागि काम भने शुरु भएको बताए ।

पर्यटन क्षेत्रको विकास र स्तरोन्नतिका लागि चालु आवको योजनामा नगरपालिकाले समेटेको छ’, अधिकृत आचार्यले भनिन्, ‘कार्यपालिकाको बैठकबाट भ्रमण वर्षका लागि योजना तय गरिनेछ ।

त्यहीअनुसार टीकापुर आउने पर्यटकको स्वागत सम्मानका लागि पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरिनेछ ।’

टीकापुर नगरपालिकामा पर्यटकहरुका लागि टीकापुर पार्क, ऐतिहासिक विविधता बोकेको पदमप्रकाशेस्वर मन्दिर, कर्णाली, मोहना नदीमा पाइने विश्वकै लोपोन्मुख जलचर प्राणी डल्फिन, बिपी कुञ्ज पार्क, पर्शुराम कुण्ड लगायतका क्षेत्रहरु रहेका छन् ।

जानकी गाउँपालिकाले भ्रमण वर्ष २०२० लक्षित हालसम्म कुनै योजना तय गरेको छैन । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले भ्रमण वर्ष लक्षित कुनै कार्यक्रम नभएको जानकारी दिए ।

उनले आवश्यकताका आधारमा योजना बनाइने भन्दै पर्यटकका लागि हालको अवस्थामा कृषि क्षेत्रभन्दा अन्य अवलोकनका लागि क्षेत्रहरु नभएको बताएका छन् । उनले गाउँपालिकामा रहेको थारू सङ्ग्रहालय निर्माणाधीन अवस्थामा रहेको जातीय सङ्ग्रहालय पर्यटकहरुका लागि आकर्षणको केन्द्रविन्दु हुनसक्ने बताए ।

जोशीपुर गाउँपालिकामा भ्रमण वर्षका लागि कुनै योजना तय भइसकेको छैन । गाउँपालिकाले आवश्यकताका आधारमा योजना बनाइने बताएको छ । लम्कीचुहा नगरपालिकाले केही योजना बनाएको बताएको छ ।

नगरप्रमुख महादेव बजगाइँले भ्रमण वर्षको शुभारम्भमा कर्णाली चिसापानीमा भ्रमण वर्षको विधिवत् रुपमा उद्घाटन गरिएको बताउँदै नगरपालिकामा भएका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकलाई घुम्नमा सहजताका लागि आवश्यक सहयोग गर्ने बताए । उनले पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि योजना तय गरिएको बताए । रासस 

ताजा खबर

कञ्चनपुरकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता पुनर्वासमा सञ्चालन हुँदै

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाले कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि रहेको प्रथम मेयर...

झुक्काएर ‘कृष्णा’ लाई सामुदायीक बनमा लगेर बलत्कार गरेको खुलासा

 दोधारा । माहाकाली नगरपालिकामा झण्डै एक साता अघि सामुदायिक बनमा भएको नावालिक बलत्कार काण्डमा...

नेपाल टेलिकमद्वारा दोधारा–चाँदनीमा निःशुल्क सिमकार्ड वितरण गरिने

दोधारा । नेपाल टेलिकमले दोधारा–चाँदनीमा निशुल्क सिमकार्ड बितरण गर्ने भएको छ । नेपाल टेलिकमले...

प्रेमीसँग मिलेर श्रीमानको हत्या

काठमाडौं । मोरङमा एक महिलाले आफ्ना प्रेमी संग मिलेर श्रीमानको हत्या गरेका छन् ।...

राज्यमन्त्री झाद्वारा राजीनामा

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेको चर्चाका...