पावरको दुरुपयोग गर्दै वडा कार्यालयको इन्टरनेट वडाध्यक्षले आफ्नो घरमा जोडे

गौरव बिष्ट
गौरव बिष्ट
बिष्ट कञ्चनपुरको झलारीबाट पत्रकारिता गर्नु हुन्छ । उनी निगरानी खबरका संवाददाता हुन् ।

५ सय मिटरको दुरीमा ८० हजारको इन्टरनेट तार

महेन्द्रनगर । कञ्चनपुरमा जनताबाट जनताकालागि जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुले प्रसस्त रुपमा व्यक्तिगत स्वार्थका लागि काम गर्दै आएका तथ्यहरु बाहिरिन थालेका छन् ।

जनहितकालागि काम गर्नु पर्ने क्षेत्रमा समेत निर्वाचित जनप्रतिनिधिले जनता प्रति गद्दारी गर्दै व्यक्तिगत लाभ खोज्दै आएका तथ्यहरु भेटिन थालेका हुन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जनप्रतिनिधिले व्यक्तिगतलाभका लागि वडा कार्यालयको इन्टरनेट आफ्नो घरमा जडान गरेको भेट्टिएको छ ।

शुक्लाफाँटा नगरपालिका–२ को वडा कार्यालयको इन्टरनेट वडाध्यक्षको घरमा जडान गरिएको भेटिएको हो । वडा कार्यालयमा नै जडान गर्नुपर्ने इन्टरनेट वडाध्यक्षले व्यत्तिलगत लाभकालागि आफ्नो घरमा जडान गरिएको आभाषकुञ्ज दैनिकले फेलापारेको छ ।

वडा नं. २ का वडाध्यक्ष शिवराज पनेरुले वडा कार्यालय प्रयोजनको इन्टरनेट आफ्नो घरमा जडान गरेको पाइएको हो । घरबाट ५ सय मिटर दुरीमा रहेको वडा कार्यालयकामा इन्टरनेट नराखेर घरबाट नै लामो तार मार्फत वडा कार्यालयमा इन्टरनेट पुर्ती गरिएको छ ।

वडाध्यक्ष पनेरुले आफ्नो घरबाट ८० हजारको तार जडान गरेर वडामा इन्टरनेट पुर्याएको पाइएको हो ५ सय मिटर लामो तारको लागि ८० हजार रुपैयाँ खर्च गरिएको उनले स्विकार गरे ।

घरमा इन्टरनेटको राउटर राखेर वडा कार्यालयको कामकाज गरिदै आएको छ । व्याक्तिगत लाभकालागि वडाध्यक्ष पनेरुले सरकारी रकमको दुरुपयोग गर्दै आफ्नो घरमा इन्टरनेट जडान गरेको स्थानीयको आरोप छ ।

इन्टरनेटको तार खरिद गर्दा अधिकतम महंगो जडान गरेपनि सरदर २० देखि २५ रुपैयाँ प्रति मिटरमा आउने गर्दछ । तर वडाध्यक्ष पनेरुले ५ सय मिटर ताराका लागि ८० हजार रुपैयाँ खर्च गरेको भनेर दाबी गरेका छन् । उक्त ५ सय मिटर तार सरदर ११ हजारको हाराहारीमा खरीद गर्न सकिने महेन्द्रनगरका एक व्यापारीले जनाएका छन् ।

व्यक्तिगत लाभकालागि वडाध्यक्षको घरबाट वडाकार्यालयका लागि इन्टरनेट जडान गर्नु आफैमा भ्रष्टाचारको एक नमुना हो । त्यसमाथि सरदर ११ हजारमा खरिद गर्न सकिने तारको ८० हजार जनाउनुले भ्रष्टाचार कति र कहाँ सम्म मौलाएको छ भन्ने प्रस्ट हुन्छ । सरकारी बजेटमा जनताको सेवामा खटिएको नाम दिइएका जनप्रतिनिधिले हरेक गतिविधिमा व्यक्तिगत लाभ लिन खोज्नु जनता माथिको अन्याय हो ।

शुक्लाफाँटा नगरपालिका वडा नं. २ का वडाध्यक्ष पनेरुले भने इन्टरनेटको ‘टावर’ नटिपेका कारण आफ्नो घरमा राउटर राखेर वडाकार्यालयको कामकाज अगाडि बढाएको जनाए ।

लक्ष्मीपुरमा कहि कतै पनी इन्टरनेटको टावर नटिपे पछि अन्य विकल्प भन्दा नजिक आफ्नो घर रहेकाले घरमा नै राउटर राखेर वडाकार्यालयमा लामो तार मार्फत इन्टरनेट पुर्याएको वडाध्यक्ष पनेरुले बताए ।

‘सुरुमा सुविसु नेट संग कुरा गर्यौ तर उसको एक्सेस रहेन । त्यस पछि शिखर नेट संग कुरा गर्यौ र वडाकार्यालय रहेको क्षेत्रमा टावर नटिपे पछि अरु भन्दा नजिक मेरै घर थियो ।

मेरै घरमा राउटर राखेर वडाकार्यालयमा नेट पुर्याउने कुरा पछि हामीले जडान गरेका हौं’ वडाध्यक्ष पनेरुले आभाषकुञ्ज दैनिकसंग भने । तर वडाध्यक्ष पनेरुले ५ सय मिटर इन्टरनेटको तारकालागि ८० हजार खर्च लागेको दाबी नै गरेका छन् ।

ताजा खबर

कञ्चनपुरकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता पुनर्वासमा सञ्चालन हुँदै

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाले कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि रहेको प्रथम मेयर...

झुक्काएर ‘कृष्णा’ लाई सामुदायीक बनमा लगेर बलत्कार गरेको खुलासा

 दोधारा । माहाकाली नगरपालिकामा झण्डै एक साता अघि सामुदायिक बनमा भएको नावालिक बलत्कार काण्डमा...

नेपाल टेलिकमद्वारा दोधारा–चाँदनीमा निःशुल्क सिमकार्ड वितरण गरिने

दोधारा । नेपाल टेलिकमले दोधारा–चाँदनीमा निशुल्क सिमकार्ड बितरण गर्ने भएको छ । नेपाल टेलिकमले...

प्रेमीसँग मिलेर श्रीमानको हत्या

काठमाडौं । मोरङमा एक महिलाले आफ्ना प्रेमी संग मिलेर श्रीमानको हत्या गरेका छन् ।...

राज्यमन्त्री झाद्वारा राजीनामा

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेको चर्चाका...