मेलमिलापको नीति अनुरुप पार्टीलाई बलियो बनाइने नेता एनपी साउँदको दाबी

गौरव बिष्ट
गौरव बिष्ट
बिष्ट कञ्चनपुरको झलारीबाट पत्रकारिता गर्नु हुन्छ । उनी निगरानी खबरका संवाददाता हुन् ।

झलारी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्रि एन पी साउदले मेलमिलाप को नीति अनुसार पार्टी लाई बलियो बनाइने बताएका छन् ।

केन्द्रिय कार्य समितिले महाधिबेशनको मिति घोषणा संगै केहि बिभाग थप्ने निर्णय गरे पश्चात पार्टी भित्रै बाट केहि असन्तुष्टि देखिएको छ, लोकतान्त्रिक पार्टि भित्र बहष छलफल हुनु स्वाभाविकै हो आन्तरिक समस्या लाई मेल मिलापको नीति अनुसार हल गरिने दाबि गरेका छन् ।

आइतबार नेपाली काँग्रेस क्षेत्र नम्बर २ द्वारा आयोजित अगुवा कार्यकर्ता भेला झलारीमा पुर्व मन्त्री साउदले उक्त कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साउदले नेपाली काँग्रेसले सदैब आपसी एकता मेलमिलाप द्वारा नै देश र जनतालाई एक आपसमा जोड्दै आएको छ,जनता संगको प्र्गाढ सम्बन्धले नै पार्टि बलियो भएको इतिहास साची रहेको जनाए ।

उनले भने पार्टि बाट टिकट प्राप्त गरि विजय जनप्रतिनिधि पार्टीका मुहार हुन् उनीहरुले गर्ने राम्रो नराम्रो कामको सहि मुल्यांकन जनताले गर्ने हुदा जनमुखी काम गरि सबैको बिस्वास जित्ने गरि इमान्दारिताका साथ कार्य सम्पादन गर्नु पर्ने पुर्व मन्त्रि साउदले जनप्रतिनिधिहरु लाई सुझाब दिए । पार्टीको क्रियाशील सदस्यता बितरणमा देखिएको समस्या हल गरि महिला, दलित, जनजातिको अधिकतम प्रतिनिधित्व हुने गरि समानुपातिक समाबेशीता को आधारमा बितरण गरिने साउदको भनाई रहेको थियो ।

कार्यक्रममा पुर्व संबिधान सभा सदस्य बहादुर सिंह थापाले नेपालको संबिधान द्वारा प्राप्त मौलिक हक माथि बर्तमान सरकारले बन्देज लगाई रहेको छ,देशै भर भ्रस्टाचार ले सिमा नाघी सक्दा समेत बर्तमान सरकारले सुशासनको कुरा गरिरहेको आरोप लगाए ।

नागरिकले बोल्ने,लेख्ने स्वतन्त्रता पुर्वक आवागमन गर्ने लगाएतका अधिकार माथि बन्देज लगाएर अधिनायक बाद लाद्ने कुचेस्टा गरिरहेको पुर्व सांसद थापाको भनाई रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेस कंचनपुर जिल्लाका पार्टि सभापति हरि प्रसाद बोहरा,शुक्लाफ़ाटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐर लगाएत नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

बिभिन्न पार्टी परित्याग गरि पार्टी प्रवेश गर्ने लाई पुर्व मन्त्रि साउद द्वारा सदस्यता वितरण गरिएको थियो । कंचनपुर क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति दल बहादुर बोहराको सभापतित्वमा आयोजित कार्यक्रमको संचालन क्षेत्रीय सचिब सुदर्शन ऐरले गरेका थिए ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...