खुल्ला मञ्चमा फोहोरको डङ्गुर, महोत्सव समापन पछि आयोजक फरार (भिडियो)

महेन्द्रनगर । कञ्चनपुरमा आयोजना गरिएको सुदूर पश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सवले सरसफाईमा ध्यान पुर्याउन नसक्दा महेन्द्रनगरको खुल्ला मञ्च दुर्गन्धित बनेको छ ।

पुष ११ गते देखि २० गते सम्म चलेको महोत्सवले हाल सम्म पनि खुल्ला मञ्चमा सरसफाई नगर्दा फोहोरका डङ्गुरले मञ्च परिसर भरिभराउ भएको छ ।

नेपाल सरकारका कान्छा सरसफाई दुतका रुपमा रहेका केपी खनाल समेतको सक्रियतामा सञ्चालन गरिएको उक्त महोत्सवका आयोजक अन्तमा आएर फोहोर मैला व्यवस्था नगर्दै फरार रहेका छन् ।

जिल्लामा सरसफाई ठुल्ठुला नारा लगाउने सरसफाई अभियन्ता समेत आयोजक समिति संग सक्रिय रहेको अवस्थामा महोत्सव समाप्त भएको एक साता बित्दा समेत मञ्चमा सरसफाईको कुनै रुपरेखा देखिएको छैन् ।

खोज संग्रह मिसिडयाको आयोजनामा सञ्चालन गरिएको उक्त महोत्सव समेत व्यवस्थित ढङ्गले अगाडी बढ्न नसकेको स्थानीयहरुले गुनासो गरेका छन् ।

महोत्सव भित्र सामान्य रुपमा अस्थायी शौचालयको समेत व्यवस्था नगरिदा र खुल्ला ठाँउमा नै दिशा–पिसाव गर्नु पर्ने बाध्यता रहेको उल्टाखामबाट महोत्सव हेर्न आएकी दर्शक सीता ठगुन्नाले बताएन् ।

आयोजकले व्यवस्थित रुपमा मेला सञ्चालन गर्न नसक्दा दर्शकले समेत दुःख पाएको पाइन्छ । महोत्सव समापन भएको एक साता बित्दा सरसफाईमा आयोजकले कुनै चासो देखाएको छैन् ।

महेन्द्रनगरबासीले चिसोको समयमा घाम ताप्दै बस्ने आश्रय स्थलका रुपमा रहेको खुल्ला मञ्च एक साता देखि फोहोर थुपार्ने डम्पिङ साइड जस्तो देखिएको छ ।

जसको सरसफाई आयोजकले समयमै गर्न नसक्दा विभिन्न खेल खेल्ने खेलाडी र घाम ताप्न आश्रय लिने स्थानीयहरु मर्कामा परेका छन् ।

विभिन्न किसिमका फोहोरको कारणले गर्दा रोगको संक्रमण बढ्ने सम्भावना रहेको स्थानीय बुद्धिजीवीहरुको ठहर छ ।

सरसफाइ अभियान काे नारा सिरिफ भाषण मा सिमित महाेत्सब काे ठुलाे नासाे मञ्चमा यथावत

Gepostet von Nigarani Khabar am Freitag, 10. Januar 2020

 

ताजा खबर

कञ्चनपुरकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता पुनर्वासमा सञ्चालन हुँदै

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाले कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि रहेको प्रथम मेयर...

झुक्काएर ‘कृष्णा’ लाई सामुदायीक बनमा लगेर बलत्कार गरेको खुलासा

 दोधारा । माहाकाली नगरपालिकामा झण्डै एक साता अघि सामुदायिक बनमा भएको नावालिक बलत्कार काण्डमा...

नेपाल टेलिकमद्वारा दोधारा–चाँदनीमा निःशुल्क सिमकार्ड वितरण गरिने

दोधारा । नेपाल टेलिकमले दोधारा–चाँदनीमा निशुल्क सिमकार्ड बितरण गर्ने भएको छ । नेपाल टेलिकमले...

प्रेमीसँग मिलेर श्रीमानको हत्या

काठमाडौं । मोरङमा एक महिलाले आफ्ना प्रेमी संग मिलेर श्रीमानको हत्या गरेका छन् ।...

राज्यमन्त्री झाद्वारा राजीनामा

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेको चर्चाका...