बुवाको सम्झनामा ४० जना विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामाग्री वितरण

महेन्द्रनगर । बुवाको सम्झनामा बैतडीको सुर्नयाको गाउँपालिका ५ को रौलेश्वर माध्यमिक विद्यालयका बालबालिकालाई पोसाक र कापीकलम वितरण गरिएको छ ।

१४ बर्ष अगाडी स्वर्गीय हुनुभएका बुवा गणेश मडैको सम्झनामा छोराहरु मोहन मडै, लक्ष्मी मडै, रिजन मडै र मुना मडैले उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत आमा तथा बुवा गुमाएका ४० जना बालबालिकालाई पोसाक र कापीकलम वितरण गरेको हो ।

रौलेश्वर मावि सुर्नया गाउँपालिका ५ रामकी बरायलमा एक कार्यक्रमको आयोजना गरी सरस्वती पुजाको उपलक्ष्यमा विद्यार्थी पोसाक र कापीकलम बितरण गरिएको हो ।

विद्यालयमा गरिएको कार्यक्रममा स्वर्गीय हुनुभएका गणेश मडैका श्रीमती जयमती मडैले उक्त सामग्री प्रधानाध्यापक मार्फत वितरण गरेका हुन् । स्वर्गीय बुवाको सम्झना उक्त विद्यालय बिगत बर्षदेखि पोसाक र कापीकलम वितरण गरिदै आएको छ ।

स्वर्गीय बुबाको सम्झनामा छोरा मोहन सिह मडैले बिगत केही बर्षदेखि नियमित सरस्वती पुजाको अवसरमा विभिन्न सामाग्री बितरण गर्दै आएका छन ।

आमा बज्यै र दुई (भाइ, दुई बहिनी गरेर अहिले ६ जनाको परिवार छ । मोहन सिह मडै, स्व।मडैका जेष्ठ छोरा हुन । उनी अहिले जापानको फुकुओका सहरमा अध्ययन गर्दैछन भने विभिन्न समाजिक कार्यमा पनि छन ।

लक्ष्मी मडै स्व. मडैकी जेठी छोरी हुन, अहिले उनिपनी अहिले जापानमा अध्ययन गर्दैछन भने माइला छोरा अहिले काठमाडौंमै एउटा् ईन्स्टिच्युट खोलेर बसेका छन साथै विभिन्न समाजिक सस्थामा पनि सहभागी छन । कान्छी छोरी मुना अहिले कक्षा १२ मा अध्ययन गर्दैछन ।

ताजा खबर

सुरक्षित नभएको भन्दै माहाकाली नगरपालिकाका कर्मचारीको ‘पेन डाउन’

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाका कर्मचारीहरु आज देखी अनिश्चित्कालिनका लागी ‘पेन डाउन’ सुरु...

आफनै छोराले किन गरे बाबुको हत्या ?

रौतहट । रौटहतमा एक युवकले आफनै बाबुको हत्या गरेको छ । बुुहारीसँग अनैतिक सम्बन्ध...

छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

डडेल्धुरा । डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई आज जेल चलान गरेको छ । छोरीलाई...

अख्तियारमा प्रधानमन्त्री ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन उजुरी

काठमाडौं । आज प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्वा चलाउन उजुरी परेको छ ।...

डडेल्धुरामा हिउँदे झरीले गर्दा ६० प्रतिशतले घट्यो मह उत्पादन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशतले मह उत्पादन घटे्को छ । मह काड्ने समयमा...