दार्चुलाको चमेलिया नदीमा अवैध क्रसर उद्योग सञ्चालनमा

दार्चुला । चमेलिया नदी किनारमा अवैध रुपमा क्रसर उद्योग सञ्चालन भएको पाइएको छ । शैल्यशिखर नगरपालिका वडा नं. २ छेलास्थित चमेलिया नदीको किनारमा उक्त क्रसर उद्योग निर्माण गरेर अवैध रुपमा सञ्चालन भएको भेटिएको हो ।

बैतडीको ग्वालेक निर्माण सेवा कम्पनीले देथलाका स्थानियसित छेला क्षेत्रमा अस्थायी तटबन्ध निर्माण गरिदिने र गाउँमै प्राथमिक विद्यालय भवन निर्माण गर्ने सर्तमा सञ्चालन गरेको स्थानियले बताएका छन् ।
स्थापना गर्ने समय क्रसर सञ्चालक सुरेश चन्दले स्थानीयस्तरमा समस्या आए सरकारी अनुमति लिने प्रक्रिया आफैं अघि बढाउने बताएका थिए । तर, हालसम्म अनुमति नलिएको खुलेको हो ।

स्थानीय तिलकबहादुर पालका अनुसार सञ्चालक चन्दले छोलादेखि प्राथमिक विद्यालयसम्म तटबन्ध निर्माण गर्ने, विद्यालयको ६ कोठे भवन निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराइदिने र स्थानीयबासीले घर निर्माण गरे बालुवा, गिट्टी उपलब्ध गराउने सर्तमा क्रसर उद्योग खोलेका थिए ।

क्रसर चलाउन वडा कार्यालयबाट सहमति लिएको सञ्चालक चन्दको भनाइ छ । क्रसर सञ्चालनको अनुमति दिने अधिकार वडा कार्यालयलाई नभए पनि सिफारिस दिएको वडा नम्बर २ का वडाध्यक्ष माधवराज भट्टले बताए । वडाले दिएको सिफारिस नगरपालिका जाने र नगरपालिकाले समन्वय समितिलाई क्रसर चलाउन अनुमति दिने प्रक्रिया रहेको उनको भनाइ छ ।

नगरपालिकाले चमेलिया नदी किनारमा ढुंगा, बालुवा र गिट्टी उत्खनन्का लागि माघको पहिलो साताबाट प्रक्रिया अगाडि बढाएको शैल्यशिखर नगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष भट्टले जानकारी दिए ।

खोलानालाबाट निर्माणजन्य सामग्री उत्खनन्का लागि स्थानीय तहले ठेक्का लगाउन सक्ने तर त्यसका लागि जिल्ला समन्वय समितिको स्वीकृति आवश्यक पर्ने शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्टले बताए । जिससलाई स्वीकृति माग्नुपूर्व नगरपालिकाले प्रभावित क्षेत्रका स्थानीयबासी र सरोकारवाला निकायको सल्लाह र सुझावका लागि १५ दिने सूचना जारी गर्नुपर्ने प्रावधान छ ।

क्रसर उद्योग स्थानीयको निजी जग्गा भाडामा लिएर सञ्चालन भइरहेको छ । नदी किनारमै क्रसर खोलेर ठूलो परिमाणमा बालुवा, गिट्टी, रोडा र ढुंगा उत्खनन् भइरहेको स्थानीयको भनाइ छ । क्रसरबाट उत्पादित सामग्री छोलाबाट ५ किलोमिटरको दूरीमा रहेको बलाच हुँदै जिल्ला बाहिरसमेत निकासी गरिएको एक स्थानीयले बताए ।

सञ्चालक चन्दले यो क्रसर उद्योग नभई एक प्रोजेक्ट बेस स्केन प्लान्ट रहेको बताए । प्लान्ट सञ्चालन गर्न पाटन–पञ्चेश्वर सडक निर्माणका लागि साविकको डिभिजन सडक बैतडीबाट अनुमति लिएको उनले दाबी गरे । चन्दका अनुसार यहाँ सडक कालोपत्रे गर्न प्रयोग गरिने गिट्टी र चिप्स उत्पादन हुन्छ ।

२० टिपर कच्चा पदार्थ प्रयोग गरी एक टिपर चिप्स बन्ने र बाँकी १९ ट्रिपर बालुवा लगायतका सामग्री नदी किनारमा फालिने गरेको उनको भनाइ छ । ‘यसले खासै असर गर्दैन,’ उनले भने । उनले यहाँ उत्पादन भएको गिट्टी र चिप्स बिक्रीवितरण नगरिएको बताए ।

ताजा खबर

लिटिल बुद्धको १४ औं बार्षीकोत्सव सम्पन्न, ७५ हजार अनाथ वालवालिका तथा वृद्ध-वृद्धा सहयोग

महेन्द्रनगर । कञ्चनपुरको शिक्षा क्षेत्रकै अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले १४ औं वार्षीकोत्सव...

वर्तमान दुई तिहाईको सरकार इतिहासकै भ्रष्ट : नेता लेखक

पप्पु गुरुङ्ग, दोधारा । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले बर्तामान दुई...

निकुञ्ज ऐन संशोधन हुने भएपछि माडीका वडाध्यक्षले तोडे अनशन

चितवन । आमरण अनशनमा बसेका वडा अध्यक्षले आज अनशन तोडेका छन् । निकुञ्ज ऐन...

फेवातालमा बेपत्ता भएका रामशरणको शव फेला

पोखरा । पोखराको फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका छन् । बेपत्ता पर्नेमा काठमाडौं...

हुण्डी कारोबारी गर्ने ४ जनाको साथबाट २७ लाखसहित पक्राउ

पर्सा । पर्सामा हुण्डी कारोबारी गर्ने ४ जना पक्राउ परेका छन् । फरक फरक...