भ्रमण वर्ष सफल पार्न शुक्लाफाँटाको वजार क्षेत्रमा निरन्तर सरसफाई अभियान

झलारी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वजार क्षेत्रमा भ्रमण वर्ष सफल पार्न सरसफाई अभियानलाई निरन्तरता दिएको छ ।

झलारी वजार, वनसमिती वजार र कलुवापुर वजार क्षेत्रमा शनिबार चौथो पटक वृहत सरसफाई गरिएको छ । शुक्लाफाँटा खबर दैनिक पत्रिका झलारीको विशेष पहलमा विभिन्न क्लवहरु जनप्रतिनिधी, प्रहरी,स्वास्थ्य स्वयम सेविका संगको सहकार्यमा वृहत सरसफाई कार्यक्रम गरिएको हो ।

भ्रमण वर्ष २०२० सफल पारौ, गाँउ नगर सफा राखौ भन्ने मुल नारा सहित सरसफाई निरन्तर जारी रहेको आयोजकहरुले जनाए ।

झलारी वजार सरसफाईको नेतृत्व न्यू एकता युवा क्लव झलारी,ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धमेन्द्र रावलको युनिट शुक्लाफाँटा खबर दैनिक पत्रिकाका सम्पादक जय वहादुर ऐरले गरेका थिए भने कलुवापुर चौराहाको सरसफाईको नेतृत्व सरस्वती युनेस्को विकाश केन्द्र अमरपुर शुक्लाफाँटा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष दिल वहादुर बुढा संगै वडा सदस्यहरु जय बहादुर बिष्ट,शिबराज भट्ट,फुलमति राना,झलारी पिपलाडी उद्योग वाणिज्य संगका अध्यक्ष हरेन्द्र कुमार भण्डारीले गरेका थिए ।

शु.न.पा. ५ वनसमितीको सरसफाईको नेतृत्व शुक्ला युवा क्लव,वडा नं ५ का वडा अध्यक्ष कमलराज गिरी संगै वडा सदस्यहरु एवं महिला स्वास्थ्य स्वयम सेविकाहरुले गरेका हुन् ।

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल वहादुर ऐले भ्रमण वर्ष लक्षित सरसफाई अभियानमा जुट्ने सवैलाई धन्यवाद दिदै सुदुरपश्चिम प्रदेश भित्र नमुना पर्यटकिय गन्तव्यको अवलोकन गर्न पर्यटक आउन सक्ने हुँदा सार्वजनिक पर्यटकिय क्षेत्रमा सरोकार वाला सवैले सरसफाई संगै पुर्वाधार निर्माणमा चासो लिनुपर्ने वताए ।

ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावल नेपाल प्रहरी कर्तब्यनिष्ठाका साथ सदैव देश र जनताको सेवामा खटिरहने छ ।

स्थानिय सरकार विभिन्न सामाजिक संघ–संस्था,नागरिक संग हातेमालो गर्दै सामाजिक अभियानमा पनि सहभागिता जनाउने प्रहरी निरिक्षक रावलले वताए ।