दार्चलाको मार्मा क्षेत्रमा अवैध मदिरको आतंकः स्थानीय सरकार र प्रहरी प्रशासनको चरम लार्पबाही

महेन्द्रनगर । दार्चुलाको दुर्गम क्षेत्र मार्मामा अवैध मदिरा सेवन रोकथाममा सरोकारवाला निकायले ध्यान पुर्याउन नसक्दा प्रत्येक दिन विभिन्न प्रकृतिका घटनाहरु घट्दै आएका छन् । प्रत्यक्ष सरोकारवाला निकाय नेपाल प्रहरी र स्थानीय तहले मदिरामा कडाई गर्न नसक्दा विभिन्न घटनाहरु निम्तिने गरेका छन् ।

ईलाका प्रहरी कार्यालय मार्मा लटिनाथ र मार्मा गाँउपालिकाले अवैध मदिरामा कडाई गर्न नसक्दा मार्मा क्षेत्रमा हत्या, हिंसा र बलात्कारका घटनाहरुले प्रोत्साहन पाएको छ । अवैध मदिरा नियन्त्रणकालागि मदिरा अचारसंहिता बनेको अवस्थामा समेत स्थानीय सरकार र ईलाका प्रहरी कार्यालयले कुनै ‘एक्सन’ लिन सकेको छैन् ।

मार्मा क्षेत्रमा अवैध मदिरालाई नियन्त्रण र व्यवस्थीत गर्ने जिम्मा पाएर सुरक्षा निकाय समेत मौन बसेको पाइएको छ । उक्त क्षेत्रमा अवैध मदिरा सेवनकै कारण थुप्रै मान्छेहरुले जयान गुमाउनु परेका प्रसस्त उदाहरणहरु छन् । त्यति हुँदा हुँदै पनि सुरक्षा निकाय निरिह बनेको पाइन्छ ।

मार्मा गाँउपालिकाले मदिरा नियन्त्रणकालागि चाल्नु पर्ने पहल कदमीका सरिक हुन नसक्दा स्थानीय ‘टिनेजर्स’ देखि बृद्धहरुमा समेत कुलतले व्याकुल बनेको परिस्थिती खडा भएको पाइन्छ ।

ताजा खबर

लिटिल बुद्धको १४ औं बार्षीकोत्सव सम्पन्न, ७५ हजार अनाथ वालवालिका तथा वृद्ध-वृद्धा सहयोग

महेन्द्रनगर । कञ्चनपुरको शिक्षा क्षेत्रकै अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले १४ औं वार्षीकोत्सव...

वर्तमान दुई तिहाईको सरकार इतिहासकै भ्रष्ट : नेता लेखक

पप्पु गुरुङ्ग, दोधारा । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले बर्तामान दुई...

निकुञ्ज ऐन संशोधन हुने भएपछि माडीका वडाध्यक्षले तोडे अनशन

चितवन । आमरण अनशनमा बसेका वडा अध्यक्षले आज अनशन तोडेका छन् । निकुञ्ज ऐन...

फेवातालमा बेपत्ता भएका रामशरणको शव फेला

पोखरा । पोखराको फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका छन् । बेपत्ता पर्नेमा काठमाडौं...

हुण्डी कारोबारी गर्ने ४ जनाको साथबाट २७ लाखसहित पक्राउ

पर्सा । पर्सामा हुण्डी कारोबारी गर्ने ४ जना पक्राउ परेका छन् । फरक फरक...