राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य धामी सम्मानित

महेन्द्रनगर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा कञ्चनपुरको आयोजनामा आइतवार महेन्द्रनगरमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ७ औं केन्द्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रिय सदस्य नवीन सिंह धामीलाई संस्थाका निबर्तमान केन्द्रीय पदाधिकारी प्रदेश संयोजक सुरत रावत डोटेली कान्छाले खादा अबिर लगाई बधाई ज्ञापन गर्नु भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कञ्चनपुर जिल्ला अध्यक्ष सरस्वती दहालको सभापतिमा भएको कार्यक्रममा प्रतिष्ठानका निबर्तमान केन्द्रिय पदाधिकारी सु.प. संयोजक सुरत रावत डोटेली कान्छाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सदस्य नवीन सिंह धामी विशिष्ट अतिथि रहनु भएको थियोे ।

कार्यक्रममा महाकाली साहित्य संगमका उपाध्यक्ष चिनाराम नेपाली, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बैतडी जिल्ला अध्यक्ष प्रेम बिबश चन्द, प्रतिष्ठान कञ्चनपुर जिल्ला सचिब सरस्वती जिसि, कोषाध्यक्ष प्रदिप पाल, सहकोषाध्यक्ष मासुम बिष्ट लगायतले बधाई तथा शुभकामना दिनु भएको थियो ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...