महेन्द्रनगरमा चन्दले अष्ट्रेलियाबाट भित्र्याए झण्डै ७० लाखका बाख्रा (भिडियो सहित)

महेन्द्रनगर । नेपालमै पहिलो पटक आधुनिक बाख्रा पालनको सुरुवात गरेका गणेश बहादुर चन्दले अष्ट्रेलियाबाटथप  २६ ओटा बोयर प्रजातीका बाख्रा भित्र्याएका छन् ।

चन्दले आइतवार झण्डै ६५ लाखको लागतमा उक्त २६ बोयर प्रजातीका बाख्रा भित्र्याएका हुन् ।

अष्ट्रेलियामा प्रति बोयर २ लाख २६ हजार लागत परेको २६ बाख्रा महेन्द्रनगरको आफ्नो खोर सम्म पुर्याउदा धेरै सास्ती खेप्नु परेको चन्दले बताए ।

आधुनिक बाख्रा पालन गर्नेलाई केहि मात्रामा भन्सार छुट गर्ने भनिए पनि आफुलाई कुनै पनि किसिमको छुट नगरिएको चनदले गुनासो समेत गरे । ‘भन्सारले छुट नगरे पछि मैले रातारात पैसाको जोहो गर्नु पर्यो ।’ सञ्चालक चनदले भने ।

आधुनिक किसिमले बाख्राको खोर र व्यवस्थित संरचना बनाएर बाख्रा पालन गर्नेमा कञ्चनपुरको गोबरैया का गणेश चन्द पहिलो व्यक्ति हुन् ।

चन्दले ३ करोडको लागतमा आधुनिक बाख्रा खोर तथा पाठापाठी स्रोतकेन्द्र नै स्थापना गरेका छन् ।

डेढ वर्ष बाख्रा पालनका लागि नेपाल तथा अष्ट्रेलियाका विभिन्न ठाउँ भ्रमण गरेका चन्दले गत वर्षको असोज १४ गतेबाट बाख्रा पालन तथा पाठापाठी स्रोत केन्द्रको स्थापनाका लागि काम थालेका हुन् ।

झण्डै ७० लाखको लागतमा महेन्द्रनगरका गणेश चन्दले आधुनिक बाख्रा पालनका लागि अष्ट्रेलिया बाट २६ बोयर बाख्रा ल्याए ।।

Gepostet von Nigarani Khabar am Samstag, 21. Dezember 2019

 

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...