दीन दुःखीको पीडामा भीनपा-१ का वडाध्यक्ष आसेफ कुवँरको मलम (भिडियो सहित)

मनोज भट्ट
मनोज भट्ट
भट्ट आभाषकुञ्ज दैनिक र निगरानी खबरका प्रकाशक तथा सम्पादक हुन् ।
  • घरवार नभएका दुःखी, अपांग, दृष्टि बिहिन र बेरोजगार युवा तथा युवतीलाई भीनपा–१ का वडाध्यक्ष आसेफ
    कुवँरले वडाको बजेट बेगर पनि व्यक्तिगत लगानीमा उद्धार तथा सहयोग गर्दै आएका छन् ।

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बाह्रकुण्डामा अधिकाश मध्यम वर्गिय परिवार बसोबास गर्छन् । प्रायः जसो मध्यम वर्गिय परिवारको आज–आर्जन सामान्य नै रहेको छ । तर केहि परिवारकको अवस्था भने साह्रै नाजुक रहेको छ ।

नाजुक परिवार मध्येपनि हरि सिंह कुँवर र जानकी सेरलाको परिवारको व्यथा अर्कै छ । हरेक दिन रात पीडा नै पीडाको छट्पटीमा बित्छ ।

दुवै परिवारकोे बिहान के खाने ? र बेलुका के खाने ? भन्ने पीडालाई भने भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवँरले मलम लगाई दिएका छन् । अर्थात आर्थिक सहयोगका साथ व्यवसायीक बाटो खोलिदिएका छन् ।

आज भन्दा झण्डै ५० वर्ष पहिला डडेल्धुराकोको भित्री मधेशबाट जानकी मल्ल अन्तर जाती विवाह गर्दै बलराम सेरला संग कञ्चनपुरको बाह्रकण्डा भन्ने ठाँउमा आइपुगे ।

Image may contain: 1 person, outdoor

अन्तर जाती विवाहका कारण जानकीले साह्रै दुःख पीडा र कष्ट भोग्नु पर्यो । समाज संगको संर्घष एकातीर छ । दैनिक गुजारा चलाउनु पर्ने पीडा अर्कै तीर छ । अर्काको जमिनमा सानो टहरा बनाएर दैनिक गुजारा गरिरहेकी जानकीका श्रीमानले एक वर्षकी छोरी रेखा सेरला र जानकीलाई छोडेर बेपत्ता भए ।

Image may contain: outdoor
अन्तर जाती विवाह पछि पनि श्रीमानले छोडेको पीडा एकातीर र आफ्नो र छोरी रेखाको स्याहार सुसार गर्नु पर्ने बज्रपात जानकीमाथि आइपर्यो ।

उनिलाई त्यतिबेलाको रुढीवादी र परम्परागत समाजमा संर्घष गर्न धेरै नै गाह्रो भयो । जानकीले जेनतेन गर्दै अवस्था गुजार्दै गइन् । पिठ्युमा दाउराको भारी, भारी माथी छोरी रेखालाई राखेर दाउरा बेच्न बजार डुल्दै त्यो कठिन अवस्था गुरारेको अनुभव जानकी सुनाउ छिन् ।

Gepostet von Nigarani Khabar am Dienstag, 17. Dezember 2019

छोरी रेखालाई जसो तसो गरेर भए पनि आफुले कक्षा दश सम्म शिक्षा दिक्षा दिएको जानकी बताउछिन् । आज भन्दा तीन वर्ष पहिला जानकी दाउरा संकलन गर्ने क्रममा रुखबाट लडेर अपाङ्ग बनिन् ।

वडाध्यक्ष कुँवर र स्थानीयहरुको आर्थिक सहयोगले गर्दा उनको उपचार सफल भयो । उनको शरिरका विभिन्न हड्डीहरु भाचिएर काम नलाग्ने अवस्थामा छन् ।Image may contain: 1 person, sitting and indoor

जिविको पार्जनकालागि छोरी रेखा सक्षम भइसकेकी छिन् । छोरी रेखा अहिले २२ वर्षकी छिन् । रेखाले वडाध्यक्ष कुँवरकै प्रेरणाका साथ सिलाई कटाईको तालिम लिइन र अहिले घरमै गाँउलेका कपडा सिलाई गरेर घर खर्च  जुटाई रहेकी छिन् ।

२०७२ सालमा एसएलसी उत्तिण गरेर कमजोर आर्थिक अवस्थाका कारण बाँकि पढाई पढ्न नपाएकी रेखा  अहिले घरमा आमालाई सघाउदै कपडा सिउने काम गर्छिन् । भीनपा–१ का वडाध्यक्ष आसेफ कुवँरले रेखाको सिलाई कटाईको तालिम पश्चात यहि दशैमा लुगा सिउने मेसिन किनिदिए ।

Gepostet von Nigarani Khabar am Dienstag, 17. Dezember 2019

व्यक्तिगत लगानीमा वडाध्यक्षले किनिदिएको मेसिन बाट रेखालाई घर खर्च र सिपलाई व्यवहारमा ल्याउन सजिलो भएको छ ।

आमा जानकीको नागरिकता नहुँदा आफुलाई समेत समस्या परेको तर आफुले बुवा बलराम सेरलाको नामबाट नागरिकता प्राप्त गरेको रेखा  बताउछिन् ।

अरुको जमिनमा सानो टहरा बनाएर बस्दै आएका जानकी र छोरी रेखालाई गुजार गर्न धौं–धौं भइरहेको अवस्थामा वडाध्यक्ष भगवान भएर प्रकट भएको उनको भनाई छ ।

Image may contain: indoor

सानो झुप्रोको बास, त्यसैमाथि पनि वर्षातमा खोलानालाको डरले गर्दा जानकीको परिवारले निकै पीडा खेप्नु परेको छ । बसाई सराईको कागजात नहुँदा छोरी रेखाले राष्ट्रिय परिचयपत्र बनाउन पाएकी छैनन् ।

  कहि कतैबाट आर्थिक सहयोग तथा ऋण प्राप्त भएमा आफु संग भएको सिपलाई सदुपयोग गर्न व्यवसायीक रुपमा सिलाई–कटाई गर्ने पसल खोल्ने सोच  रहेको रेखा बताउछिन् ।


बाह्रकुण्डामा डडेल्धुराको जोगबुडाबाट बसाई सरी आएका दृष्टि बिहिन हरिसिंह कुवँरको अवस्था पनि झन दर्दनाक छ । वि.स. २०७१ सालमा बसाई सरी आएका कुवँर जन्मै देखि दृष्टि बिहिन हुन् । उनका दुवै आँखाले कहिल्यै संसार देख्न पाएनन् ।

Image may contain: 1 person
खाने पानिको समस्याले गर्दा दृष्टि बिहिन कुवँरको परिवार निकै नै दखीत थियो । स्थानीय तहको निर्वाचनका समयमा आर्थिक अवस्था कमजोरीका कारण उनले झण्डै ३० फिट गहिरो कुवा खने तर पनि पानी आएन् ।

दर्दनाक अवस्थामा दृष्टि बिहिन हरि सिंह कुवँर

दर्दनाक अवस्थामा दृष्टि बिहिन हरि सिंह कुवँर

Gepostet von Nigarani Khabar am Dienstag, 17. Dezember 2019

२०७३ सालमा दृष्टि बिहिन कुवँरले खन्दै गरेको अवस्थामा

पानी लिन घरबाट झण्डै १५/२० मिनेटको बाटो हिड्नु पर्ने बाध्यतालाई वडाध्यक्ष कुवँरले थाहाँ पाए पछि एकै छिनमा समाधान गरिदिएको उनी बताउछन् ।

पानीका लागि ३० फिट गहिरो कुवा खनेको देखे पछि वडाध्यक्ष कुवँरले उनकै व्यक्तिगत पैसामा ४ दिन भित्र नै ट्युवेल हालिदिएको कुवँरकी पत्नी नन्दाले बताइन् । वडाध्यक्ष कुवँरले हालिदिएको ट्युवेलले अहिले पानी प्रयाप्त भएको दृष्टि बिहिन कुवँर बताए ।

Gepostet von Nigarani Khabar am Dienstag, 17. Dezember 2019

वडाध्यक्ष आसेफ कुवँरले ट्युवेल लागइदिए पछि हालको अवस्था

आफ्नो स्थिती र लोग्नेको दृष्टि बिहिन अवस्था देखे पछि वडाध्यक्ष कुवँरले कागजात बनाइ दिएर अपांग भत्ताको व्यवस्था गरिदिएको नन्दा बताउछिन् । अहिले समान्यतया घरखर्च चलाउनका लागि लोग्नेको अपांग भत्ताले पुग्ने गरेको समेत उनले बताइन् ।

Image may contain: tree, plant, outdoor and nature

ताजा खबर

गृहमन्त्रीले ‘आधारभूत नियन्त्रित’ गरेको भनेकै दिन विप्लव समुहले प्रदर्शन गरे

सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आधारभुत रुपमा नियन्त्रण गरेको अभिव्यक्ति दिएका गृहमन्त्री...

कञ्चनपुरमा पित्तललाई सुन भनेर ९ लाख ठगी गर्ने दुई जना फरार

जितु कुवँर /महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गज्जरमा नेपालीलाई झुक्काएर भारतीय नागरिकले नौं लाख...

पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै माइतीघरमा कचौरा बोकेर प्रदर्शन

काठमाडौं । नेपालको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै आएका प्रदर्शनकर्ताले काठमाडौंमा ‘कचौरा’को...

सिटिइभिटी सुदूरपश्चिमको कार्यालयमा तालाबन्दी

महेन्द्रनगर । सुदूरपश्चिम भरीका प्राविधिक शिक्षण तालिम प्रदान गर्दै आएका संस्थाका संञ्चालकहरुले प्राविधिक शिक्षा...

भारततर्फ अवैध मालसमानको तस्करी बढ्दै

जनकपुरधाम । धनुषाबाट नेपालबाट र भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवैध मालसमानको बरामद गरेको छ...