दार्चुलामा एड्स संक्रमित चारजनाको मृत्यु

दार्चुला । दार्चुलामा हालसम्म एड्स सङ्क्रमित चारजनाको मृत्यु भएको छ भने चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा थप चारजना सङ्क्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लामा यो वर्ष एड्स सङ्क्रमितको संख्या ३७ पुगेको छ । दार्चुला एड्स सङ्क्रमितको तथ्यांक लिइएदेखि हालसम्म ४५ जनामा एचआइभीको संक्रमण देखिएको र तीमध्ये चारजनाको मृत्यु भइसकेको कार्यालय प्रमुख जयराज भट्टले बताए ।

गत आर्थिक वर्षको अन्तिम अर्थात् असार महिनामा एड्सका बिरामीको संख्या ३३ रहेकोमा साउनदेखि कार्तिकसम्मको अवधिमा चार बिरामी थपिएको उनको भनाइ छ ।

ताजा खबर

लिटिल बुद्धको १४ औं बार्षीकोत्सव सम्पन्न, ७५ हजार अनाथ वालवालिका तथा वृद्ध-वृद्धा सहयोग

महेन्द्रनगर । कञ्चनपुरको शिक्षा क्षेत्रकै अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले १४ औं वार्षीकोत्सव...

वर्तमान दुई तिहाईको सरकार इतिहासकै भ्रष्ट : नेता लेखक

पप्पु गुरुङ्ग, दोधारा । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले बर्तामान दुई...

निकुञ्ज ऐन संशोधन हुने भएपछि माडीका वडाध्यक्षले तोडे अनशन

चितवन । आमरण अनशनमा बसेका वडा अध्यक्षले आज अनशन तोडेका छन् । निकुञ्ज ऐन...

फेवातालमा बेपत्ता भएका रामशरणको शव फेला

पोखरा । पोखराको फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका छन् । बेपत्ता पर्नेमा काठमाडौं...

हुण्डी कारोबारी गर्ने ४ जनाको साथबाट २७ लाखसहित पक्राउ

पर्सा । पर्सामा हुण्डी कारोबारी गर्ने ४ जना पक्राउ परेका छन् । फरक फरक...