बालुवा गिट्टीको दोहन बढेपछि महाकाली तटबन्धमा जोखिम

 यसले नयाँ बन्दै गरेको तटबन्धलाई क्षति पुर्‍याउने जोखिम बढाएको छ । महाकालीमा दार्चुला सदरमुकाम क्षेत्रतर्फ पक्की तटबन्ध निर्माण भइरहेको छ ।

तटबन्ध निर्माण सम्पन्न नहुँदै महाकाली किनारको बालुवा र गिट्टी उत्खनन्का कारण जोखिम बढ्ने देखिएको नदी नियन्त्रण आयोजनाले जनाएको छ । आयोजनाले तटबन्ध किनारमा बालुवा संकलन नगर्न सार्वजनिक सुचना जारी गरेको भएपनि त्यसको वास्ता नगरी बालुवा संकलन कार्य धमाधम भइरहेको छ ।

तटबन्धको जगैसम्म बालुवा निकाले पछि तटबन्धलाई जोखिम हुने सम्भावना अत्यधिक रहेको आयोजनाका प्रमुख रणबहादुर बमले बताए ।

महाकाली किनारमा ठूला व्यवसायीदेखि स्थानीयले निजी घर निर्माणलाई चाहिने बालुवा महाकालीबाट निकाल्ने गरेका छन् । सार्वजनिक संरचना निर्माणकर्ताले पनि त्यहींबाट गिट्टी बालुवा झिक्ने गर्दछन् ।

सित्तैमा पनि पाइने भएकाले यहाँका सार्वजनिक तथा निजी संरचना निर्माणका लागि निर्माणकर्ताहरूलाई सहज हुने गरेको हो । साथै सदरमुकाम बसोबास गर्ने धेरैजसो महिला पुरुषहरूले गिट्टी बालुवा संकलन गरेर गुजारा चलाउने गरेका छन् ।

जथाभावी नदीजन्य पदार्थ संकलन रोकथाममा कुनै निकायको ध्यान पुगेको छैन । साविकको जिल्ला विकास समितिले महाकाली नदी दोहन रोक्न सकेको थिएन । निर्माणकर्ताहरूले प्राकृतिक स्रोत उपयोग गरेवाफत राज्यलाई कर तिर्नुपर्ने भएपनि यो नियम यहाँ लागु हुन सकेको छैन । हाल स्थानीय तहले पनि चासो राखेका छैनन् ।

चालु आवको साउनमै महाकाली नगरपालिकाले महाकाली, लास्कु, निजाङ्गगाड, धौलीगाड किम्तडी खोला, थालिगाड र काकडा खोलामा नदीजन्य बस्तु संकलनका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन ९आईईई० गरिएको थियो । यसअघि यो अधिकार साविकको जिल्ला विकास समितिलाई थियो ।

महाकाली नदी जथावाभी दोहन हुन लागेको गुनासो धेरै आउन थालेपछि नगरपालिकाले महाकालीलगायत नगरपालिकाभित्रका सहायक नदीमा नदीजन्य पदार्थ उत्खनन् तथा विक्री वितरण गर्न कार्यविधि बनाएर अगाडी बढेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरसिंह बडालले बताए ।

यसको नियन्त्रण गर्ने जिम्मेवारी स्थानीय तहको भएपनि कार्यविधि तयार नभएकाले कार्यान्वयनमा ढिलाई भएको उनले बताए । नदीजन्य सामग्रीको व्यवस्थित सदुपयोगका आईईई निर्माणको प्रक्रियामा रहेको उनको भनाई छ । यी नदीहरूको आईईई पास भएपछि नगरपालिकाले ठेक्का लगाउन सक्ने सम्भावना रहेको छ ।

यता मजदुरी गरेर घरधन्दा चलाउने यहाँका बासिन्दालाई महाकालीको प्राकृतिक स्रोतले सघाएको छ । नदीबाट गिट्टी बालुवा संकलन गरेर धेरैले गुजारा चलाएका छन् । गिट्टी बालुवा संकलन गर्ने र त्यसैलाई विक्री गरेर परिवार पालिरहेको महाकाली नगरपालिका ५ कि माता लोहारले बताइन् ।

‘१२ बर्षदेखि बालुवा संकलन गरी बिक्रि गर्दै आएको छु’ उनले भनिन्, ‘महाकालीमा बालुवा संकलन गर्न नपाए परिवारले भोकै बस्नुपर्ने अवस्था छ ।’ आफुजस्तै थुप्रैले महाकालीबाट बालुवा संकलन गरेर परिवार पाल्नकै लागि परिवारसहित सदरमुकाममा बसिरहेको उनको भनाई छ ।

मजदुरी नपाएपछि कामको खोजीका लागिसदरमुकाम पुगेकाहरूका लागि महाकालीमा बालुवा संकलन गरेर बालुवा बाहेक अन्य रोजगारी छैन । २०७० मा महाकालीमा आएको बाढीका कारण ठूलो क्षति भएको हो । त्यस लगत्तै न सरकारले सीमा क्षेत्रमा पक्की तटबन्धको काम सुरु गरेको हो ।

अहिले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बनेको संरचनाको संरक्षण गर्नुपर्ने ठाउँमा जोखिम बढेको आयोजनाले जनाएको छ । यसका लागि स्थानीय प्रशासन र स्थानीय सरकारलाई संरक्षणमा ध्यान दिन अनुरोध गरेपनि चासो नदिएको आयोजना प्रमुख बमको भनाई छ ।

ताजा खबर

वर्तमान दुई तिहाईको सरकार इतिहासकै भ्रष्ट : नेता लेखक

पप्पु गुरुङ्ग, दोधारा । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले बर्तामान दुई...

निकुञ्ज ऐन संशोधन हुने भएपछि माडीका वडाध्यक्षले तोडे अनशन

चितवन । आमरण अनशनमा बसेका वडा अध्यक्षले आज अनशन तोडेका छन् । निकुञ्ज ऐन...

फेवातालमा बेपत्ता भएका रामशरणको शव फेला

पोखरा । पोखराको फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका छन् । बेपत्ता पर्नेमा काठमाडौं...

हुण्डी कारोबारी गर्ने ४ जनाको साथबाट २७ लाखसहित पक्राउ

पर्सा । पर्सामा हुण्डी कारोबारी गर्ने ४ जना पक्राउ परेका छन् । फरक फरक...

लिटिलवुद्ध एकेडेमी मनायोे १४ (औ )वार्षीक उत्सव

ऐश्वर्या कुवर ।महेन्द्रनगर । कञ्चनपुरको भिनपा ४ मा अवस्थित लिटिलवुद्ध एकेडेमीले आफ्नो १४ (औ...