मार्मामा पहिलो पटक जीप पुग्दा स्थानीय हर्षीत

दार्चुला । जिल्लाको मार्मा गाउँपालिका–१ मा जीप पुग्दा स्थानीयमा खुशी छाएको छ। मंगलबार मार्मा गाउँपालिका–१ जुडे भन्ने स्थानमा पहिलो पटक म १ ज २१८ नम्बरको सुपर चमेलीया यातायातको जीप पुग्दा र्मामाका स्थानीयमा खुशी छाएको हो।

जीप चालक दिलेन्द्र सिह धामीलाई स्थानीयहरुले जुडेमा भव्य स्वागत गरेका छन्। मार्मा गाउँपालिका–१ का वडा सचिव गौर सिंह महराले जीप चालकलाई फुलमाला अबिर लगाएर स्वागत गरेका हुन्।

मार्मा गाउँपालिकाको सेलबिसामा यसअघि जीप सञ्चालनमा आएको थियो। नियमित जीप सञ्चालन भए त्यहाँका स्थानीयहरुलाई आवत जावत गर्न सहज हुने मार्माका स्थानीय मदन धामीले बताए। उनले भने ‘नातीका पालामा पनि सडक सञ्जालमा जोडिन्छ कि जोडिदैन भन्ने सोच थियो झन्डै दैला अगाडी जीप आएको देख्दा हाम्रा पनि दुःखका दिन गएकी जस्तो भएको छ।’

बिहान सबैरै घरायसी समानको लागी गोकुलेश्वर बजार जानुपथ्र्यो घर फर्किँदा अबेर हुन्थ्यो सामान ओसारपसार गर्न निकै झमेला हुने गरेकोमा मंगलबारदेखि मार्माका स्थानीयका दुःखका दिन गएको मार्माका अर्का स्थानीय पुष्कर ठगुन्नाले बताए।

ताजा खबर

लिटिल बुद्धको १४ औं बार्षीकोत्सव सम्पन्न, ७५ हजार अनाथ वालवालिका तथा वृद्ध-वृद्धा सहयोग

महेन्द्रनगर । कञ्चनपुरको शिक्षा क्षेत्रकै अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले १४ औं वार्षीकोत्सव...

वर्तमान दुई तिहाईको सरकार इतिहासकै भ्रष्ट : नेता लेखक

पप्पु गुरुङ्ग, दोधारा । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले बर्तामान दुई...

निकुञ्ज ऐन संशोधन हुने भएपछि माडीका वडाध्यक्षले तोडे अनशन

चितवन । आमरण अनशनमा बसेका वडा अध्यक्षले आज अनशन तोडेका छन् । निकुञ्ज ऐन...

फेवातालमा बेपत्ता भएका रामशरणको शव फेला

पोखरा । पोखराको फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका छन् । बेपत्ता पर्नेमा काठमाडौं...

हुण्डी कारोबारी गर्ने ४ जनाको साथबाट २७ लाखसहित पक्राउ

पर्सा । पर्सामा हुण्डी कारोबारी गर्ने ४ जना पक्राउ परेका छन् । फरक फरक...